अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
 

काठमाडौँ, जेठ २० गते । नेपाली काँगे्रसका नेता गोपालमान श्रेष्ठले मुलुकको वर्तमान राजनीतिक सङ्कटलाई अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली काँगे्रस बैतडी-काठमाडौँ सम्पर्क समितिद्वारा शनिबार यहाँ आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै उहाँले जेठ १४ गते राति असंवैधानिक कदम चालेर संविधानसभाको विघटन गरी अर्को निर्वाचन तोक्ने कार्य प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।

नेता श्रेष्ठले आफूहरूले सहमतिका लागि अधिकतम प्रयास गर्दा गर्दै पनि एकीकृत नेकपा -माओवादी)ले जनजातिलाई उचालेर सहमतिको प्रयास विफल बनाएर संविधानसभाको विघटन गराएको टिप्पणी गर्दै मुलुकलाई सङ्कट मुक्त पार्न राष्ट्रिय सहमतिको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

अर्का नेता रमेश लेखकले संवैधानिक प्रक्रियालाई छोट्याएर तथा संशोधन गरेर भए पनि विघटित संविधानसभाबाटै संविधान जारी गर्ने दलहरूको प्रयासमा सरकारका तर्फबाट तुषारापात भएपछि अहिले नेपाली राजनीतिसँगै मुलुक नै अन्योलताको भूमरीमा परेको बताउनुभयो ।

नेता बद्री पाण्डेले मुलुकको परिवर्तनका लागि भए गरेका तमाम प्रयास विफल भइरहँदा युवा पुस्तामाझ निराशा छाएको टिप्पणी गर्दै मुलुकलाई अग्रगतिमा लैजानका लागि अब युवा पुस्ताले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसभासद् धनराज गुरुङले मुलुकका आम जातजातिलाई राज्य दिने कार्य असम्भव भएको भन्दै मुलुकमा विभिन्न जातजाति रहेकोले सबैलाई राज्य दिने हो भने मुलुकको हविगत के हुन्छ भन्ने बारेमा नेताहरूले सोच्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेताहरू विनयध्वज चन्द, शिवराज भट्ट, कर्ण मल्ल, जनक चन्दलगायतले मुलुकलाई निकास दिनका लागि अझै पनि दलहरूबीच सहमतिको विकल्प नभएको स्पष्ट पार्दै पार्टीभित्रको विवादका रूपमा रहेको भ्रातृ संस्था विघटनको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको थियो । रासस

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home