'युक्रेनले फाइनल खेल्छ'
विश्वस्तरीय स्ट्राइकर एन्द्री सेभचेन्कोले सहआयोजक युक्रेनले युरो-२०१२ को फाइनल खेल्ने बताएका छन्।
चेल्सी तथा एसी मिलानका पूर्व स्ट्राइकर सेभचेन्कोले उपाधि भिडन्त खेल्न आप\mनो टिमलाई भाग्यको साथ भने आवश्यक पर्ने धारण राखे। यदि हामीले आˆनो क्षमतामा खेल्यौँ र भाग्यको साथ रहृयो भने हामी फाइनल खेल्नेछौँ, मलाई थाहा छ, यो सजिलो काम होइन तर इतिहास बनाउने मौका पनि बारम्बार प्राप्त हुँदैन -सेभचेन्को भन्छन्।
सेभचेन्को युक्रेनका सर्वाधिक सफल स्ट्राइकर हुन्। उनले १७ वर्षको फुटबल क्यारियरमा युक्रेनको जर्सीमा १०७ खेल खेल्दै ४६ गोल गरिसकेका छन्। युरो २०१२ मा युक्रेनले आप\mनो पहिलो खेल सोमबार स्विडेनविरुद्ध खेल्नेछ।
अझै बिकेनन् टिकट
युरो च्याम्पियनसिपअन्तर्गत युक्रेनमा हुने केही खेलका टिकट अझ पनि बिक्री भइनसकेको जानकारी मङ्गलबार यूईएफएले दिएको छ। युरोपको सर्वोच्च फुटबल संस्थाका अनुसार फाइनलका टिकट पनि बाँकी छन्। फाइनल खेल युक्रेनको किएभमा जुलाई १ तारिखमा हुनेछ। युरो-२०१२ का टिकट यूईएफएको वेबसाइट र आयोजकले तोकेका स्थानबाट बिक्री हुँदैछ। यूईएफएका अनुसार पोल्यान्डमा हुने सबै खेलका टिकटको बिक्री भइसकेको छ।
'नो टि्वट'
युरो-२०१२ को दौरान सहभागी केही टिमले आप\mना खेलाडीलाई टि्वटर तथा अन्य सामाजिक सञ्जालका वेबसाइट प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्। स्पेनका मिडफिल्डर सेच फाबि्रगासले शुक्रबार आˆनो टि्वटरमा लेखे- आजदेखि सामाजिक सञ्जालका वेबसाइट प्रयोग गर्ने अनुमति हामीलाई छैन, त्यसैले अर्कोपटक टि्वट गर्दा युरोकप साथमा होस्।
डेनमार्कले पनि आप\mना खेलाडीलाई टि्वटर प्रयोग नगर्ने चेतावनी दिएको छ। यसैगरी इङ्ल्यान्डका कप्तान स्टेफन जेरार्डले पनि र अनावश्यक रूपमा टि्वटर प्रयोग नगर्न प्रशिक्षकले निर्देशन दिएको बताएका छन्।
पोल्यान्ड पुग्यो स्पेन
गतविजेता स्पेन र दबाबमा रहेको इटाली युरो-२०१२ मा खेल्न पोल्यान्ड आइपुगेका छन्। भिसेन्टे डेल बोस्कको टिम स्पेन उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने दाउमा छ। चार वर्षअघि स्पेनले फाइनलमा जर्मनीलाई हराएर युरोपेली च्याम्पियनसिपको उपाधि जितेको थियो। विश्वविजेता पनि रहेको स्पेनले पहिलो खेल आइतबार इटालीविरुद्ध खेल्नेछ।
खेल मिलेमतो काण्डले कमजोर मनोबलबीच इटाली पनि पोल्यान्ड पुगेको छ। आयरल्यान्ड पनि बुढापेस्टबाट सीधै पोल्यान्ड पुग्यो। सोमबार राति मैत्री खेलमा आयरल्यान्डले हङ्गेरीविरुद्ध गोलरहित बराबरीमा खेलेको थियो। समूह 'सी'मा रहेको अर्को टिम क्रोसिया पनि आयोजनस्थलमा छ।