नौ वर्षअघि अमेरिकी दबाबमा सत्ताबाट बाहिरिएका अपि|mकी मुलुक लाइबेरियाका निर्वाचित क्रूर तानाशाही राष्ट्रपति चाल्र्स टेलर अन्ततः युद्धअपराधी ठहरी पचास वर्षको जेल सजाय पाएका छन्। सियरालियोनस्थित संयुक्त राष्ट्रसङ्घीय युद्धअपराध अदालतले उनलाई यस्तो सजाय सुनाएको हो। अत्यन्तै महìवाकांक्षी टेलरले आफ्नो र कसैका स्वार्थका लागि स्वदेश र विदेशमा हरेक किसिममा आपराधिक क्रियाकलाप गरे। लाइबेरियामा मात्र होइन छिमेकीहरू सियरालियोन र आइभरी कोष्टमा विगतमा भएका नरसंहारकारी गृहयुद्धमा समेत मुछिएका उनको सियरालियोनका आतङ्कवादी नेता फोडे सान्कोहसँग पनि राम्रो सम्बन्ध थियो। उनले सान्कोहसँग साँठगाँठ गरी विद्रोही सेनालाई उक्साएर छापामार प्रशिक्षण दिने र हतियार उपलब्ध गराउने काम गरे। घातक हतियार र हीराको तस्करसमेत गर्ने गरेका उनलाई युद्धअपराधको अभियोग लगाउने घोषणा गरेपछि पनि अमेरिकाको सहयोग र समर्थनका कारण व्यापक रूपमा सत्ताको दुरुपयोग गरे। युद्धअपराधी बन्ने डरले त्यसबाट जोगिन उनले विभिन्न षडयन्त्रमूलक क्रियाकलाप गरी विद्रोहीलाई समाप्त पार्ने र एकछत्र सत्तामा टिकिरहने सपनाका साथ थुप्रै अमानवीय र अराजनीतिक दुष्प्रयास नगरेका पनि होइनन् तर अन्त्यमा अमेरिकाले पनि उनलाई साथ दिएन। अमेरिकासित स्वार्थ नमिल्दा उनको सत्ता मात्र गएन युद्धअपराधी बनी राजनीतिक जीवन नै समाप्त भएको छ।
तत्कालीन राष्ट्रपति सामुयल डोयलको अत्याचारी शासनविरुद्ध विद्रोह गरी सत्ताकब्जा गरेका टेलरको आगमनपछि मुलुकमा शान्ति सुरक्षाको पुनर्वहाली हुने र शान्तिपूर्ण तरिकाले जीवनयापन गर्न पाइने अपेक्षा धेरै लाइबेरियालीहरूको थियो। डोएको भ्रष्टाचारी र स्वेच्छाचारी शासनले आक्रान्त जनताले मुक्तिका लागि टेलरको विद्रोहलाई साथ पनि दिए। जनताको व्यापक समर्थन पाएर टेलरले डोएको सत्ताकब्जा मात्र गरेनन् उनलाई राजनधानी मोन्रोभियामा चरम यातना दिएर हत्या गरे। उनको यो हत्या प्रकरणलाई जनताले स्वाभाविक रूपमा समर्थन गरे किनभने डोएका कारण भड्किएको गृहयुद्धले लाखौँ जनताको ज्यान गइसकेको थियो।
टेलर सुरुमा आफैंमा नराम्रो मान्छे होइनन्। अमेरिकी बाबु र लाइबेरियाली आमाका सन्तान उनले अमेरिकाको म्यासाचुसेट्स्थित कलेजबाट उच्चशिक्षा हासिल गरेका थिए। अध्ययन पूरा गरेपछि लाइबेरिया फर्केका टेलर केही समय सरकारी जागिरे समेत बने।
तीन पटकसम्म बिहे गरेका टेलर जेलमुक्त भएपछि सन् १९८९ मा लाइबेरियामा फर्केर 'नेसनल पेटि्रयोटिक प|mन्ट' नामक विद्रोही सैनिक सङ्गठनको नेतृत्व गरे। उनको सेनाले लिबिया र बुर्किनाफासोको समर्थन प्राप्त गरेपछि लाइबेरियामा गृहयुद्ध चक्र्यो, राष्ट्रपति डोएले विद्रोह दबाउन राज्यशक्तिको व्यापक दुरुपयोग गरे। तर विद्रोही बढी शक्तिशाली बनेको र जनसमर्थन पनि विद्राहीको पक्षमा भएकाले अन्त्यमा टेलर सत्ताकब्जा गर्न सफल भए।
अन्तर्राष्ट्रिय पर्यवेक्षणमा सन् १९९७ मा सम्पन्न आमनिर्वाच्ानमा अत्यधिक मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका टेलरले प्रतिशोधको भावना राखी विरोधीहरूलाई समाप्त पार्ने अभियान सुरु गरे। त्यसको सर्वत्र विरोध भयो। तर पनि उनी पछि हटेनन्। टेलरको अत्याचारविरुद्ध 'लाइबेरियन्स युनाइटेड फर रिकन्सिलिएसन एन्ड डेमोक्रेसी' -लुर्ड) ले देशव्यापी विद्रोह सुरु गर्यो। विद्रोहले गृहयुद्धको रूप लियो। विद्रोह दमन गर्न टेलरले सम्पूर्ण राज्यशक्तिको व्यापक दुरुपयोग गरे। दुईलाखभन्दा बढी मानिस बर्बर र क्रूर तरिकाले मारिए भने लाखौँ विस्थापित भए। पूर्ववर्ती शासनको पदचिन्ह पच्छाएका उनी अन्त्यमा जनविद्रोहकै कारण सत्ताबाट बाहिरिन बाध्य भए।
अमेरिकाको समर्थन पाएर सत्तामा आएका उनको तानाशाही र क्रूरताप्रति पहिले अमेरिका आँखा चिम्लिएर बस्यो। अमेरिकाको स्वार्थ पूरा हुन्जेल उनी पि्रयपात्र पनि बने। तर जब अमेरिकी शासन र टेलरबीच खटपट सुरु भयो तब अमेरिकाले विद्रोही लुर्डलाई समर्थन जनायो। लुर्डलाई समर्थन दिएपछि टेलर अमेरिकाविरुद्ध नै खनिए र अन्त्यमा उनी अमेरिकाका लागि ठूला शत्रु बन्नपुगे।
अमेरिकाले लुर्डलाई व्यापक रूपमा आर्थिक सहायता र हतियारको ओइरो लगाइदिएपछि लुर्डका लडाकूहरू 'छाडा साँढे' बनी राजधानी मोन्रोभियामा व्यापक रूपमा हत्या, हिंसा र आतङ्क मच्चाए। लुर्डको आतङ्कसामु टेलरको केही लागेन। अमेेरिकाको दह्रो समर्थन पाएको लुर्डको आतङ्कले अर्को चरम गृहयुद्धमा जाने खतरा देखापर्यो। अमेरिकाले कडा दबाब लिएपछि उनले शान्ति स्थापना गर्ने सर्तमा राजीनामा दिए।
टेलर गएपछि पनि लाइबेरियामा शान्ति र स्थिरता कायम हुन सकेन। त्यहाँका बहुसङ्ख्यक जनता गरिब र निरक्षर छन्। प्रजातन्त्रको मूल्य र मान्यता बुझाउन र स्थापित गर्न त्यहाँ गाह्रो छ। जसको शक्ति उसको भक्तिको अवस्था छ। विदेशी शक्तिको ईशारामा सत्ता परिवर्तनको खेल रोखिएको छैन। १९ औँ शताब्दीमा अमेरिकी उपनिवेशबाट मुक्त भएको लाइबेरियालीहरूमा दास मानसिकता व्यापक छ। अमेकिाबाट मुक्त भएका काला जातिका नोकरचाकरहरूको बाहुल्य रहेको त्यहाँ स्वतन्त्रता भन्दा पनि शान्ति र रोजगारी प्रमुख आवश्यताको विषय बनेको छ। गरिबी, अशिक्षा र दास मानसिकता नै परिवर्तनका लागि अभिशाप बनेको छ।
नब्बेको दशकको गृहयुद्धमा तैनाथी अपि|mकी शान्तिसेनाको भूमिका राम्रो भएन। शान्ति सेनाले शान्ति स्थापना गर्न भूमिका खेल्नुको सट्टा त्यहाँ महिला बलात्कार गर्ने र धनसम्पत्ति लुट्ने काम गरे। यो काम गरिबीका कारण भएको उनीहरूको ठहर छ। उनीहरू भन्छन्- अमेरिकी शान्तिसेनाले बलात्कार गरे पनि कमसेकम धनसम्पत्ति त लुटेर लैजान्नन्। उनीहरूको यस्तो मानसिकताका कारण पनि अमेरिकी हस्तक्षेप झन्झन् बढेको हो।