पेरिस, जेठ २४ गते। युरो-२०१२ अन्तर्गत अन्तिम अभ्यास खेलमा मङ्गलबार राति प|mान्स र स्विडेनले जित हासिल गरेका छन्। युरोपेली च्याम्पियनसिपको सहआयोजक युक्रेन भने टर्कीसँग २-० ले स्तब्ध भयो।
रियल म्याडि्रडका स्टार कारिम बेन्जामाले दुई गोल गरेपछि प|mान्सले इस्टोनियालाई ४-० ले हरायो। बेन्जामाले तेस्रो गोल गर्न
प|mाङ्क रिबेरीलाई सटीक पास पनि मिलाइदिएका थिए। प|mान्सले अभ्यासअन्तर्गत तीनवटै मैत्री खेल जितेको छ। यसैगरी प|mान्स पछिल्ला २१ खेलमा अपराजित छ।
युक्रेनले भने प्रतियोगिताअघि दोस्रो हार बेहोर्यो। टर्कीका लागि मिडफिल्डर कानर इर्किन र मुस्तफा पेक्टेमेकले गोल गरे। चार दिनअघि युक्रेनलाई अस्टि्रयाले पनि २-१ ले हराएको थियो।
युक्रेनका प्रशिक्षक ओलेन ब्लोखिनले एन्टोली टाइमोस्चुक र एन्द्री भोरोनिनजस्ता खेलाडीलाई आराम दिँदा पनि टर्कीलाई फाइदा पुगेको थियो। एन्द्री सेभचेन्को पनि उत्तरार्द्धमा मात्र मैदान छिरेका थिए। अनुभवी स्ट्राइकर सेभचेन्को दुईपटक गोलको नजिक पुगेका थिए। खेलको ७६औँ मिनेटमा उनले प्रहार गरेको हेड बल गोलपोस्टलाई जिस्क्याउँदै बाहिरिएको थियो भने १० मिनेटपछि उनले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्कियो।
गत शनिबार टर्कीले पोर्चुगललाई पनि ३-१ ले हराएको थियो। युरो-२०१२ मा युक्रेनले आप\mनो पहिलो खेल स्विडेनविरुद्ध खेल्नेछ। स्विडेनले मङ्गलबार राति नै भएको मैत्री खेलमा सर्वियालाई २-१ ले पराजित गर्यो।
घरेलु मैदानमा स्विडेनका लागि ज्लाटन इब्राहिमोभिचले उत्तरार्द्धमा पेनाल्टीमार्फत एक गोल गरे। यसअघि खेलको २३औँ मिनेटमा ओला टोइभोनेनको गोलबाट स्विडेनले अग्रता बनाएको थियो। स्विडेन लगातार दुई जितका साथ युरो-२०१२ मा खेल्दैछ। इब्राहिमोभिचको शानदार र्फमले स्विडेन अझ विश्वस्त देखिएको छ। इब्राहिमोभिचले एक गोल गर्नुका साथै अर्को गोलका लागि बल मिलाइदिएपछि गतहप्ता पनि स्विडेनले आइसल्यान्डलाई हराएको थियो।