अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
प्रहरी, सेनामा बढुवा, गोरखापत्र अध्यक्ष सिंह पदमुक्त
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २५ गते । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा जितबहादुर पुन, उत्तम खड्का, शैलेन्द्र खनाल, पुष्पराम केसी, दिवाकर केसी, रामशरण पौडेल र नारायणबाबु थापालाई बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।

यसैगरी राष्ट्रिय अनुसन्धान विभागका दिलीपराज रेग्मीसहित छजनालाई अनुसन्धान निर्देशकमा बढुवा गरिएको छ । विभागका तीनजना अनुसन्धान निर्देशकलाई सरुवा गर्ने पनि निर्णय गरिएको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाली सेनामा साधारणतर्फको रिक्त उपरथी पदमा सहायक रथी सुरेन्द्रबहादुर कार्कीलाई बढुवा गरी उहाँलाई सम्भार रथीको कार्यालयमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले गत वैशाख २७ गते नवलपरासीको कावासोतीमा प्रहरीको गोली लागी उपचारका क्रममा रहेका धनबहादुर धनेतको मृत्यु भएकाले निजलाई सहिद घोषणा गरी निजका आश्रति परिवारलाई १० लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो।

त्यस्तै यही जेठ १८ गते सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार हुँदा उहाँसित साथमा रहनुभएका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक महेश गिरी र साथी राम गिरी घाइते हुनुभएकाले उहाँहरूको औषधि उपचारको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ।

बैठकले तत्कालीन संविधानसभाका सदस्य चन्दि्रकाप्रसाद यादवलाई उपचार खर्चबापत बिलबमोजिमको रकम आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।साथै, गोरखापत्र संस्थानका अध्यक्ष रामकिशोर सिंहलाई पदमुक्त गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिनुभयो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home