अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
२२ दलको शक्ति प्रदर्शन आज, 'वैधानिक र राजनीतिक आन्दोलन सुरु'
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २५ गते। सत्ताभन्दा बाहिर रहेका २२ राजनीतिक दलले राष्ट्रिय सहमतिको उद्देश्यले शुक्रबार राजधानीमा बृहत् शक्ति प्रदर्शनी गर्ने भएका छन्।

राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म आन्दोलन जारी रहने बताउँदै दलहरूले सरकारले असंवैधानिक तवरले निर्वाचन घोषणा गरेको आरोप लगाउँदै त्यसविरुद्ध वैधानिक र राजनीतिक आन्दोलन सुरु गरेको दाबी गरेका छन्।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा दलका नेताहरूले आन्दोलनबाट सरकारलाई सहमतिमा आउन बाध्य पार्ने बताउनुभयो।

दलहरूले जातीय सद्भाव र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न प्रतिबद्ध राष्ट्रका सबै पक्षलाई आन्दोलनमा सहभागी हुन पनि अनुरोध गरेका छन्।

सरकार निर्वाचनको नाटक रचेर सत्ता कब्जाको रणनीतिमा लागेको, सर्वसत्तावाद लाद्न खोजेको, शान्ति, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र संविधान लेखन कार्यलाई गम्भीर खतरामा पारेको आरोप पनि २२ दलले लगाएका छन्।

सत्तारूढ दलहरूले संविधानसभा विघटन गर्दा आˆनै दललाई समेत जानकारी नदिएको, चाडपर्वको तीन दिनपछि चुनावको मतदान गर्ने दिन तोकेको भन्दै यी सबै कार्य सत्ता कब्जाको षड्यन्त्रको पहिलो चरण भएको आरोप पनि २२ दलको छ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, "वर्तमान सरकारले अन्तरिम संविधान र संविधानसभाको अनतिक्रम्य अधिकार हनन गरेर आफैँले अर्को संविधानसभा निर्वाचन घोषणा गरेको छÙ जुन गम्भीर, असंवैधानिक मात्र होइन अलोकतान्त्रिक, अराजकतापूर्ण तथा आपत्तिजनक कार्य हो।"

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिका लागि दबाब दिन आन्दोलन सुरु गरिएको र वैधानिक र राजनीतिक सङ्घर्ष सुरु भएको बताउनुभयो।

दलहरूको आन्दोलन शान्तिपूर्ण र शालीन हुने स्पष्ट पार्दै सभापति कोइरालाले पाँचबुँदे सहमति कार्यान्वयनसम्म आन्दोलन जारी रहने बताउनुभयो।

नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालले शुक्रबार खुलामञ्चमा हुने विरोधसभामा जनसागर उत्रने दाबी गर्दै शान्ति, संविधानको सुनिश्चितताका लागि आन्दोलन सुरु गरिएको बताउनुभयो।

एक प्रश्नको जवाफमा अध्यक्ष खनालले राष्ट्रपति संविधानको परिपालक हुनुपर्छ भन्नुभयो।

यसैगरी काँग्रेस उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म अझ कुरा अगाडि नबढ्ने दाबी गर्नुभयो।

अध्यक्ष खनाल तथा उपसभापति पौडेलले संविधानसभा पुनःस्थापना २२ दलको तत्कालको माग होइन भन्नुभयो।

संयुक्त प्रेस विज्ञप्ति पढ्दै काँग्रेस महामन्त्री प्रकाशमान सिंहले सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध सडकमा आउन सबैसँग अनुरोध गर्नुभयो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home