अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
समुज्ज्वल नक्षत्र 'भिक्षु'
उमाशङ्कर द्विवेदी 'दधीचि'
 

कुरो वि.सं. २०३० को साउनतिरको हो। म त्यति बेला कलेजको विद्यार्थी थिएँ। तराईवासी भएर पनि स्कुलमा मैले आˆना अन्य सहपाठीहरूको विपरीत नेपाली -ओ.एल.) विषय रोजेको थिए। नेपालीको पाठ्यक्रममा गद्य सङ्ग्रह भाग-१ पढाइ हुन्थ्यो। त्यस सङ्ग्रहमा नेपाली साहित्यका सिद्धहस्त प्रायः जम्मै साहित्यकारको गद्य सङ्ग्रहित थियो।

अहिले मैले सम्झेको पाठहरूमा गुरुप्रसाद मैनालीको 'नासो', पुष्कर शमशेर राणाको 'परिबन्द', बालकृष्णशमको 'तलतल', -लेखकको नाम सम्झना भएन) का 'ज्ञानीलाई निन्द्रा आएन', 'भविष्य निर्माण' तथा भिक्षुको 'त्यो फेरि र्फकला' जस्ता नेपाली साहित्यका प्रसिद्ध कथाहरू सङ्ग्रहित थिए। मलाईर् व्यक्तिगत रूपमा त्यस सङ्ग्रहका जम्मै कथा औधी मन परेका थिए तथा सम्भवतः तिनै कथाका कारणले म साहित्यिक सागरमा डुबुल्की मार्न बाध्य भएँ जसको अवशेष मेरो अभ्यान्तरमा हाल पनि विद्यमान छ। ती जम्मै कथामा मलाई सबैभन्दा मन परेको कथा भिक्षुको 'त्यो फेरि र्फकला' थियो। हुन त त्यो कथा सङ्ग्रहमा विद्यमान रहे पनि पाठ्यक्रममा थिएन तैपनि जाँचको लागि नभएर स्वान्तःसुखाय मैले एक सासमा त्यो कथा पढी सिध्याएको थिए। त्यस कथाकी नायिका त्यो -नायक) फेरि फर्की आउला भनेर बीस वर्षसम्म अपलक कुरेर बसेकी थिई।

नायक फर्केर पनि आएको थियो तर नायिकाले नायकबाट-'तिमी त बूढी भइसकिछ्यौ' भन्ने प्रलयङ्कारी अभिव्यक्ति पाई आˆनो बीस वर्षदेखिको तपस्या निष्फल भएको शोकमा भावी जीवन बिताउन बाध्य हुनुपरेको घटनाले -पाठकको हैसियतले) मेरो पनि हृदय छियाछिया भएको थियो। कालक्रमानुसार एस.एल.सी.को जाँच पास गरेर देशको राजधानी सहर काठमाडांँमा उच्च शिक्षा प्राप्त गर्न पुगेको थिएँ। त्यहाँ पढ्दै गर्दा साहित्यमा रुचि भएको कारण मेरा समवयष्क साहित्यकारहरूको सान्निध्य पाएर म निकै रमाएको थिएँ।

नवोदित साहित्यकारहरूद्वारा आयोजित त्यति बेलाको 'बुटपालिस' अभियानमा म पनि लागिपरेको थिएँ। मेरो पनि कथा, लेख रचना पत्रपत्रिकामा फाटफुट रूपमा यत्रतत्र प्रकाशित हुनथालेका थिए। म अहिले सम्भिmन्छु त्यति बेला गोरखापत्रको फिचर सम्पादक नेपाली साहित्यका स्वनामधन्य मेरा आदरणीय भैरव अर्याल हुनुहुन्थ्यो। उहाँले मेरो प्रथम कथा 'माहिला दाइ' गो.प.मा २०३० साल असार ३० गतेको शनिवारीय परिशिष्टाङ्कमा प्रकाशित गरिदिनुभएको थियो साथै लेखनबारे थुप्रै गहकिला सुझाव पनि दिनुभएको थियो। सुझावकै क्रममा उहाँले मलाई भिक्षुका बारेमा पनि थुप्रै कुरा बताउनुभएको थियो। उहँासितको घनिष्टता गहिरिँदै जाँदा एक दिन उहाँले मलाई केही अर्ती पनि दिनुभएको थियो- आˆनो कृति छपाउने हतार कहिले पनि नगर्नुस्, भिक्षु जस्तै तपाइर्ं पनि आˆना कृतिमा प्रयुक्त शब्दहरूको उपयुक्तताको बारेमा स्वयंंंंंंंंंंंंंंंंंं घोत्लिनुस्। स्वयं सन्तुष्ट हुनुस् अनि मात्रै प्रेसमा प्रकाशनार्थ दिनुस्। नेपाली मातृभाषा तपाइर्ंकोेेेेेेेेेेेेेेेेेे तथा भिक्षुको पनि होइन तर भिक्षु अहिले नेपाली साहित्याकासमा उज्वल नक्षत्रका रूपमा देदीप्यमान हुनुहुन्छ।

भिक्षुको नाम सुनेर मलाई हठात् 'त्यो फेरि र्फकला' कथाको सम्झना आयो। त्यतिबेलासम्म मेरा दश पन्ध्र कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका थिए। ती रचनाहरूलाई सङ्ग्रह गरेर पुस्तकाकार रूपमा प्रकाशित गरुँ भन्ने मनमा लागेको थियो। सोही अनुसार एघार वटा कथाको सङ्कलन टाइप गराएको थिएँ। 'कालो जुरेली' नाम दिएर त्यसलाई प्रकाशित गराउनुपूर्व कुनै प्रसिद्ध साहित्यकारसित भूमिका लेखाउँ भन्ने लागेको थियो। त्यसको चर्चा भैरव अर्यालसित गर्दा उहाँले त्यसका लागि भिक्षुको नाम सुझाउनु भएको थियो। उहाँको सुझाव अनुसार मैले त्यस पुस्तकको टाइपप्रति लिएर भिक्षुको निवासमा पुगेको थिएँ। ढोका खुलेकै थियो, म सरासर प्रवेश गरे।

कोठामा प्रवेश गर्नासाथ मैले एक जना छ्याके अनुहारको अधबैँसे मानिसलाई बसिरहेको पाएँ। भिक्षुसित त्यसभन्दा पहिले मेरो परिचय थिएन, मैले उहाँलाई चिन्दिनथ्येँ। त्यहाँ बसिरहेको मान्छेसित मैले आˆनो परिचय दिएर साहित्यकार भिक्षुसित भेट्ने मनशाय जाहेर गरेँ। मेरो परिचय तथा मनशायबारे थाहा पाई मुसुमुसु हाँस्दै उहाँले भिक्षु मै हुँ तथा के कामका लागि आउनुभएको हो भनेर सोध्दै नजिकको कुर्सीमाथि बस्ने इशारा गर्नुभयो। म भिक्षुको सामीप्य छु भन्ने भावनाले श्रद्धाभिभूत भई उहाँको खुट्टामै ढोग्नपुगेँ। मैले त्यहाँ आउनुको प्रयोजनबारे जानकारी दिँदा उहाँ त्यसका लागि सहर्ष मञ्जुरी प्रकट गर्दै मेरो हातमा रहेको फाइल लिएर ओल्टाइपल्टाइ गर्न थाल्नुभयो।

निकै बेरसम्म हेरेपछि उहाँले दुईचार दिनसम्ममा कथाहरू पढेर अनि मात्र यसबारे लेख्नेछु । एक हप्तापछि लिन आउनू भन्नुभयो ।

उहाँ मूलतः तराईवासी भएर पनि उहाँले नेपाली भाषामा लेख्न किन रुचाउनु भयो ? कुरा कोट्याएँ। उहाँ गम्भीर हुँदै भन्न थाल्नुभयो- "भाषा मूलतः मानवीय संवेग सम्प्रेषणको माध्यम न हो, यसमा यो भाषा र त्यो भाषाको प्रश्न नै उठ्दैन। रहृयो नेपाली भाषामा लेखनको कुरा त मैले नेपाली भाषा र समाजबाट निकै माया पाएको छु र यसमा रमेर लागिपरेको छु।" कुरा लम्बिँदै गइरहेका थिए, रात पर्न लागेको थियो र म त्यहाँबाट हिँडेरै पुल्चोकको आˆनो होस्टलमा पुग्नुपर्ने बाध्यता

थियो । अतः उहाँसितको रसमय साहित्यिक कुराहरूलाई त्यहीँ विराम दिँदै अतृप्त हृदयकासाथ बिदा भएर सरासर हिँडेँ।

पछि मैले भिक्षुका जम्मै कथा सङ्ग्रहलाई किनेर व्यापक अध्ययन गरेँ तथा उहाँका बारेमा त्यति बेलाका चर्चित समालोचकहरूको विचारको पनि अध्ययन गरेँ। भिक्षु त नेपाली साहित्यको इतिहासको माध्यमिक कालखण्डको एक्लो महानायक पो हुनुहुँदोरहेछ। नेपाल तराईको पश्चिमाञ्चलमा पर्ने गोटिहवा भन्ने ठाउँमा वि.सं. १९६६ जेठ २१ मा जन्मनु भएका भवानी भिक्खा गुप्ता भारतको इन्दौरबाट हिन्दीको साहित्यकूल भूषणसम्म शिक्षा प्राप्त गरी घरमै हिन्दी, उर्दू भाषा पढी लेखनबाट साहित्यिक यात्राको थालनी गर्नु भएको हो । नेपाली भाषाका थुप्रै साहित्यकारहरूलाई जन्माउने शारदा पत्रिकामा भिक्षुका रचना वि.सं. १९९३ देखि नै फाटफुट रूपमा प्रकाशित हुनथालेका थिए। त्यसै क्रममा वि.सं. १९९५ सालमा उहाँको पहिलो कथा 'मानव' प्रकाशित भयो। त्यो कथा नेपाली साहित्यमा मानवीय संवेग तथा मनस्तात्विक विश्लेषणको अद्भूत प्रयोग थियो। त्यसपछि त उनको कलमले विराम लिएन, फलस्वरूप 'त्यही सात दिन', 'त्यो फेरि र्फकला', 'गुनकेसरी', 'हारजीत', 'टाइपिष्ट', 'मैयाँ साहेब', 'माऊजङ बाबूसाहेबको कोट', 'अब म त्यस पसलमा सिग्रेट किन्दिन', 'सावित्रीको बाख्रो', 'मेरो सानु साथी', 'मीना', 'पाइप', 'रानी साहेब' आदि जस्ता उत्कृष्ट कथाहरूले नेपाली साहित्य भण्डार भरिपूर्ण हुँदै गयो। कथा बाहेक भिक्षुका 'आगत' तथा 'पाइप नं. २' नामक उपन्यास र 'छायाँ', 'प्रकाश', तथा 'परिष्कार' नामक कविता सङ्ग्रह पनि प्रकाशित छन्।

काठमाडाँैमा अध्ययन समाप्त गरेर म वीरगन्ज घर फर्की आएर गृहस्थीको जञ्जालमा परेर नेपाली कथा लेखनबाट प्रायः विमुख हुनपुगेँ। तैपनि मभित्रको साहित्यिक भोक भने मरिसकेको थिएन। मैले आˆनो मातृभाषा भोजपुरीमा लेखन जारी राखेँ

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home