अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
हेटौँडा-काठमाडौँ सुरुङ मार्गको व्यवस्थापन नेपालीले नै गर्ने
मकवानपुर समाचारदाता
 

हेटौँडा, जेठ २६ गते। हेटौंडा-कुलेखानी-काठमाडौँ सुरुङ मार्गको विस्तृत परियोजना प्रस्ताव तयार र निर्माण गर्ने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले मार्ग निर्माणसँगै प्राविधिक र व्यवस्थापन नेपालीले गर्ने भएको छ। कम्पनीले मार्गको सर्भे गर्ने कार्य निजी कम्पनीलाई दिएको कम्पनीले आगामी असारको मध्यसम्ममा परीक्षणका रूपमा सुरुङ खन्ने कार्य सुरु गर्ने लक्ष्य बनाएको छ।

सुरुङसहितको मार्ग निर्माणको जिम्मा पाएको कम्पनीले हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा कम्पनीका अध्यक्ष कुशकुमार जोशीले विस्तृत परियोजना तयार पार्ने कार्य सुरु गरिएको बताउनुभयो।

सरकारले कम्पनीलाई निर्माणको जिम्मा दिएसँगै सहकारी संस्था, उद्योग, वैदेशिक रोजगार संस्था, पेसागत र व्यावसायिक संस्थाहरूले लगानीको सेयर लिन प्रस्ताव गरेको बताउँदै भविष्यमा हुने सवारीको चापलाई दृष्टिगत गरी आउने र जाने दुईवटा सुरुङ बनाइने तयारी भइरहेको जानकारी दिनुभयो।

मार्ग निर्माणमा जति कम लागत लाग्छ त्यही अनुपातमा मार्ग भएर गुड्ने सवारी साधनमा कम शुल्क उठाइने भएकाले सरकारले मार्ग निर्माणमा प्रयोग हुने सामग्रीको आयातमा छुट दिनुपर्ने भन्दै उहाँले भन्नुभयो, निर्माण भएको आठ वर्षभित्रमा लगानी उठ्ने छ। उहाँले राजनीतिक वातावरणका कारण मार्ग निर्माणमा प्रभाव नपर्ने दाबी गर्दै मार्ग निर्माणमा गुणस्तरमा सम्झौता नगर्ने बताउनुभयो। कम्पनीले अहिले रहेको एक अर्ब अधिकृत पुँजीमा वृद्धि गरेर १० अर्ब रुपियाँ पुर्‍याउने भएको छ।

कम्पनीका सञ्चालक सिद्धिलाल श्रेष्ठले सुरुङ मार्ग निर्माणले मकवानपुर र वरपरका क्षेत्र बढी लाभान्वित हुने भन्दै यो मार्ग निर्माण भएपछि समय, श्रम र पेट्रोलियम पदार्थमा भइरहेको अनावश्यक लगानीमा कटौती हुने बताउनुभयो। उहाँले नेपालीहरूकै लगानी र स्रोतमा निर्माण हुने सुरुङ मार्गले चौतर्फी विकाससँगै विकासमा नयाँ आयाम ल्याउने बताउनुभयो।

सरकार र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच जेठ १ गते सुरुङ मार्गसहितको सडक निर्माणको विस्तृत अध्ययन र सडक निर्माण गर्नेसम्बन्धी सम्झौता भएको थियो। छ महिनाभित्रमा विस्तृत परियोजना प्रस्ताव तयार पार्ने र चार वर्षभित्रमा सडक निर्माण गर्ने सम्झौतापत्रमा उल्लेख छ। भौतिक योजना मन्त्रालय र कम्पनीका बीच निर्माण, स्वामित्व, सञ्चालन, हस्तान्तरण -बुट) ऐननुसार निर्माण गर्ने सम्झौता भएको छ।

कम्पनीले आगामी चार वर्ष अर्थात् सन् २०१६ सम्ममा लक्ष्य बनाएको प्रस्तावित सुरुङ मार्गको निर्माणमा २० अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ। कम्पनीले सुरुङसहितको सडक फोर पी अर्थात् प्राइभेट, पब्लिक, पार्टनरसिप र पिपुलको लगानी रहने अवधारणा अगाडि सारेको छ। सञ्चालनमा रहेको हेटौँडा-काठमाडौँ सडक ८० किलोमिटर रहेकोमा सुरुङ निर्माणपछि ३० किलोमिटर छोट्टनिे र हेटौँडाबाट काठमाडौँसम्मको दूरी तय गर्न एक घण्टा लाग्ने कम्पनीले जनाएको छ। तराईलाई राजधानीसँग जोड्ने प्रस्तावित निजगढ-मकवानपुर-काठमाडौँ द्रुतमार्गभन्दा कम समय र लागतमा सुरुङ मार्गसहितको हेटौँडा-काठमाडौँ मार्ग निर्माण हुने बताइएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home