अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
निर्यात व्यापार बढाउँदै भारत
एजेन्सी
 

नयाँ दिल्ली, जेठ २६ गते। आर्थिक वृद्धिदर खस्किएकोले चिन्ता व्यक्त गरिएका बेला भारतले अर्थतन्त्रलाई सुधार ल्याउन निर्यात व्यापारलाई बढावा दिने नीतिलाई प्राथमिकता दिने भएको छ।

हाल युरोपेली मुलुकमा देखिएको आर्थिक संकटले उदायमान अर्थतन्त्र भएका मुलुकहरूको अर्थतन्त्रलाई प्रभावित पार्न थालेपछि भारतीय निर्यात पनि प्रभावित हुनसक्ने भएकाले त्यसलाई उकास्ने नीति सरकारले लिने भएको छ।

भारतले सन् २०१३-१४ भित्रमा आˆनो निर्यात व्यापारलाई पाँच सय अर्ब अमेरिकी डलर पुर्‍याउने स्पष्ट लक्ष्यसहित आˆना कार्यक्रमहरू अघि बढाउने जनाएको छ।

भारतीय उद्योग वाणिज्य मन्त्री आनन्द शर्माले भारतीय चेम्बर अफ कमर्सको एक कार्यक्रममा आˆनो मुलुकले निर्यात व्यापारलाई प्राथमिकतामा राख्दै आएको र सन् २०१४ भित्रमा निर्यात व्यापारलाई पाँच सय अर्बको नजिक पुर्‍याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो।

भारतले अमेरिका र युरोपेली मुलुकमा आˆनो उत्पादनहरू विशेषरूपमा निर्यात गर्दै आएकोमा ती क्षेत्रहरूमा भारतीय उत्पादनको निर्यात घट्ने संकेत देखिएकोले आगामी दिनमा भारतले अपि|mका, ल्याटिन अमेरिका र मध्य एसियाका मुलुकहरूमा आˆनो निर्यातका लागि नयाँ बजार खोज्ने रणनीति लिने मन्त्री शर्माले बताउनुभयो।

भारतीय निर्यात कर्ताहरूलाई विशेष सेवा र सुविधाहरू उपलब्ध गराएर निर्यात बढाउने कुरालाई सरकारले विशेष प्राथमिकता राख्ने बताइएको छ।

भारतको निर्यात बढेको भए पनि विशाल जनसङ्ख्या लागि आवश्यक वस्तुहरूको आयात उच्चरूपमा बढ्दै गएको अवस्थाले सन् २०११ मा सो मुलुकको व्यापार घाटा एक सय ८५ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्कहरूले देखाएको छ।

सन् २०११-१२ मा भारतीय निर्यात २१ प्रतिशतले वृद्धि भएर तीन सय तीन अर्ब अमेरिकी डलर पुगेको छ भने त्यस्तो निर्यातलाई सन् २०१४ भित्रमा पाँच सय अर्ब अमेरिकी डलर पुर्‍याइने भएको छ।

भारतले व्यापार घाटा कम गर्दै वर्तमान अवस्थामा खस्कँदै गइरहेको आˆनो अर्थतन्त्रलाई उकास्न निर्यात व्यापार बढाउनुका साथै भौतिक पूर्वाधारमा प्रशस्त लगानी बढाउने नीति लिने जनाइएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home