अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
पोर्चुगलसँग सतर्क जर्मनी
 

डान्स्क -पोल्यान्ड), जेठ २६ गते। युरोपेली च्याम्पियनसिप उपविजेता जर्मनीले शनिबार पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोमा विशेष ध्यान पुर्‍याउने योजनामा छ। रोनाल्डो चार वर्षअघि यसै प्रतियोगिताको अन्तिम आठमा जर्मनीबाट बेहोरेको हारको बदला लिने सुरमा छन्।

जर्मनीका प्रशिक्षक योचिम लोउले शुक्रबार डिफेन्डर लार्स बेन्डरलाई रोनाल्डोको निगरानी गराउने सोचाइमा छन्। यद्यपि उनले निर्णय भने गरिसकेका छैनन्। रोनाल्डोलाई निगरानी गर्न राइट ब्याकबाट खेल्नुपर्छ तर वायर्न लिभरकुसेनका मिडफिल्डर बेन्डरले अहिलेसम्म सो 'पोजिसन'बाट खेलेका छैनन्। लोउले उनको प्रशंसामा धेरै शब्द खर्चेपछि रोनाल्डोलाई नियन्त्रणमा राख्न बेन्डरलाई खेलाउने अपेक्षा गरिएको हो। बेन्डरले अभ्यासमा राइट ब्याकमा देखाएको प्रदर्शनले लोउ प्रभावित छन्।

युरोपको ठूलो टिममा गन्ती गरिने पोर्चुगलको हालको प्रदर्शन आहा भन्नलायक छैन। पोर्चुगल पछिल्ला तीन खेलमा जितविहीन छ। यस क्रममा उसले एक गोल मात्र गर्न सकेको छ। पोल्यान्ड र मेसिडोनियासँग गोलरहित बराबरीमा रोकिएको पोर्चुगल अन्तिम अभ्यास खेलमा टर्कीसँग घरेलु मैदानमा नै ३-१ ले पराजित भएको थियो।

तर जर्मनीका प्रशिक्षक लोउ मैत्री खेललाई लिएर धारणा बनाउन नहुने पक्षमा छन्। मैले ती खेल हेरेँ तर त्यसलाई महìव दिनेछैन -प्रशिक्षक लोउले भने। उनले आप\mना खेलाडीलाई पोर्चुगलसँग सतर्क हुन चेतावनी दिइसकेका छन्। प्रशिक्षक लोउ प्रमुख रूपमा प्रत्याक्रमणमा पोर्चुगल निकै खतरनाक बन्ने ठान्छन्।

पोर्चुगलका स्ट्राइकरद्वय हेल्डर पोस्टिगा र हृयुगो आल्मिडा र्फममा नहुँदा रोनाल्डो र नानीको काँधमा बढी जिम्मेवारी थपिने देखिन्छ। विङ्गबाट खेल्ने रोनाल्डो र नानीले मिलेर छनोट चरणमा कुल १२ गोल गरे। स्ट्राइकरद्वय पोस्टिगा र आल्मिडाको कुल गोलसङ्ख्या मात्र सात थियो।

पेपे र बु्रनो एल्भ्सको उपस्थितिमा पोर्चुगलको मिडफिल्ड पनि तगडा छ। पोर्चुगलको अहिलेको समस्या भनेको डिफेन्स लाइन हो। पछिला खेलमा जोओ पेरार, फाबिओ कोन्ट्राओ, मिगुयल भेलोसोले केही ठूला गल्ती गर्दा पोर्चुगलले समस्या बेहोरेको थियो।

सन् १९९६ पछि पहिलो युरो उपाधि जित्ने अभियानमा रहेको जर्मनीले सन् २००६ विश्वकपमा पोर्चुगललाई हराएर तेस्रो स्थान हासिल गरेको थियो। त्यसपछि पोर्चुगलले युरो-२००८ मा पनि जर्मनीबाट पराजयको स्वाद

चाख्यो। एपी

जर्मनी-पोर्चुगल रोचक तथ्य

? जर्मनीले पछिल्ला पाँचमध्ये मात्र दुई र पोर्चुगलले पछिल्ला छमध्ये मात्र एक खेलमा मात्र जित हासिल गरेका छन्।

? युरो छनोटमा जर्मनी र स्पेन शतप्रतिशत नतिजा निकाल्ने टिम हुन्।

? यी दुई टिमबीचको हेड टुहेडमा जर्मनीले आठ र पोर्चुगलले तीन खेल जितेका छन्।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home