अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
युवा स्वरोजगार कोषको सदुपयोग हुन सकेन
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २७ गते। युवा तथा स्वरोजगार कोषका उपाध्यक्ष प्रा. डा. पुण्यप्रसाद रेग्मीले सो कोषमा जम्मा भएको करोडौँ रुपियाँ रकम युवासम्म लैजाने भरपर्दो माध्यम नभएकाले प्रभावकारी काम हुन नसकेको बताउनुभएको छ।

मेट्रो सहकारी संस्था लिमिटेडको आठौँ वाषिर्क साधारणसभाको शनिबार उद्घाटन गर्ने क्रममा उहाँले भन्नुभयो-'कोषको रकम युवासम्म पुर्‍याई उत्पादनशील क्षेत्रमा लगानी सक्रिय बनाउने दरिलो माध्यम बैङ्क तथा सहकारी नै भएकाले यसमा जिम्मेवारीताका साथ लाग्न आवश्यक छ।'

उपाध्यक्ष रेग्मीले युवा स्वरोजगार कोषमा विनियोजित रु. २५ करोड रकममध्ये जम्मा रु. दुई करोड मात्र खर्च भएको जानकारी दिँदै सरकारी स्वामित्वका बैङ्क र सहकारीबाट कोषको रकम गाउँसम्म पुर्‍याएर अझै पनि उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिने प्रस्ट पार्नुभयो।

राष्ट्रिय सहकारी बोर्डका निर्देशक डा. विश्वमोहन आचार्यले युवा स्वरोजगारको माध्यम सहकारी भएकाले यसलाई चुस्त र पारदर्शी बनाई युवाशक्तिलाई आकर्षण गर्नसके मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले मुलुकको आर्थिक विकासको मेरुदण्ड सहकारी भएकाले सरकारको तीनखम्बे अर्ध नीतिअनुरूप यो प्राथमिकतामा परेको बताउँदै सहरकारीलाई गाउँसम्म पुर्‍याएर उत्पादनशील क्षेत्रमा लगानी गरी युवालाई स्वरोजगार बनाइनुपर्नेमा जोड दिनुभयो।

नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर गणेशबहादुर थापाले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएकाले युवाशक्ति विदेश पलायन भइरहेको उल्लेख गर्दै सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गरी युवाशक्तिलाई स्वरोजगार बनाउनुपर्ने विचार राख्नुभयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home