अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
रुसको सनसनीपूर्ण सुरुवात
 

वोक्ल , जेठ २७ गते। युरोपेली च्याम्पियनसिपमा शुक्रबार राति रुसले शानदार सुरुवात गर्ने क्रममा चेक गणतन्त्रलाई ४-१ ले हराएको छ। चार वर्षअघि अनपेक्षित रूपमा सेमिफाइनल खेलेको रुसले यसपालि पहिलो खेलबाटै उपाधि दावेदारी प्रस्तुत गरेको छ।

रुसका प्रशिक्षक डिक एड्भोकेटले समेत फराकिलो जितमा विश्वास गर्न सकेनन्। उनले प्रतियोगिताअगाडि आप\mनो टिमलाई तुलनात्मक रूपमा कमजोर मान्दैआएका थिए तर चेकविरुद्धको जितपछि रुसी प्रशिक्षक एड्भोकेट पनि आप\mनो धारणा परिवर्तन गर्न बाध्य बने।

समूह 'ए'मा रुसले आक्रमक खेलको उत्कृष्ट नमुना पेस गर्दै पूर्वार्द्ध र उत्तरार्द्धमा दुई/दुई गोल गरे। रुसी स्ट्राइकरले केही सहज गोल गर्ने अवसर नचुकाएको भए गोलअन्तर अझ बढ्ने थियो। सो खेलमा प्रशिक्षक एड्भोकेटको गुनासो पनि एउटै रहृयो- अझ बढी गोल हुन सक्थ्यो। चेकजस्तो टिमलाई चार गोल ठोक्न हामीले कति राम्रो खेल्यौँ होला अनुमान लगाउन सकिन्छ तर अझ बढी गोल हुनुपथ्र्यो -प्रशिक्षक एड्भोकेटले भने।

रुसको जितमा २१ वषर्ीय सीएसकेए मस्कोका विङ्गर आलन जागोएभले नायकीय भूमिका खेले। यसअघि २० अन्तर्राष्ट्रिय खेलमा मात्र चार गोल गरेका जागोएभले चेकविरुद्ध दुई गोल गरे। जागोएभले खेलपछि भने- यो फाइनलका लागि पहिलो पाइला हो। जागोएभ र रोमन सिर्कोभको गोलले मध्यान्तरमा जाँदा रुसले दुई गोलको अग्रता बनाएको थियो।

खेलको ५२औँ मिनेटमा भाक्लाभ पिलरले एक गोल फर्काएर खेल रोमाञ्चक बनाए तर खेलको ८०औँ मिनेटमा जागोएभले गोल गरी पुनः दुई गोलको अन्तर कायम राखे। दुई मिनेटपछि इङ्लिस पि्रमियर लिगमा खेल्ने खेलाडी रोमन पाभ्लुचेन्कोले पनि स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेर गोल गरे।

रुसको पहिलो एघारमा जेनिट सेन्ट पिटर्सवर्गका सात खेलाडी सामेल थिए। जसले गर्दा पनि मैदानमा रुसले तालमेलयुक्त खेल खेल्नसक्यो।

चेकका प्रशिक्षक माइकल बिलेक चार गोल बेहोरेपछि निकै निराश देखिए। हामी आप\mनै कारणले पराजित भयौँ तर बाँकी दुई खेल जितेर समूह चरण पार गर्ने क्षमता मेरो टिममा छ -उनले भने। सन् १९७० को विश्वकपमा ब्राजिलसँग ४-१ ले हारेपछि चेकको यो सबभन्दा ठूलो पराजय हो।

पोल्यान्ड-गि्रस बराबर

वार्सा। युरो-२०१२ अन्तर्गत उद्घाटन खेलमा पोल्यान्ड पहिलो गोल गरेर पनि गि्रससँग १-१ ले बराबरीमा रोकिएको छ। पोल्यान्डको टिम तुलनात्मक रूपमा राम्रो देखिए पनि गि्रसले खेल जित्ने धेरै मौका पाएको थियो। सो खेलमा दुवै टिम दस जनामा सीमित भएका थिए।

पूर्वार्द्धको खेल नियन्त्रणमा राखेको पोल्यान्डले खेलको १७औँ मिनेटमा नै रोबर्ट लिवान्डोस्कीको गोलबाट अग्रता बनायो। मिडफिल्डर जाकुब बलास्चिकोस्कीको क्रसमा लिवान्डोस्कीले डाइभिङ हेडबाट बल गोलपोस्टमा छिराएका हुन्।

उत्तरार्द्धमा गि्रस फरक टिमका रूपमा प्रस्तुत भयो। पूर्वार्द्ध सकिन लाग्दा डिफेन्डर सोक्रटिस पापास्थाटोउपाउलोसले रातोकार्ड पाएपछि गि्रस झन् आक्रामक बनेको थियो। उत्तरार्द्धको खेल सुरुवाती समयमा नै डिमिटि्रस साल्पिगिडिसले डिबक्सभित्रबाट गोल गरेपछि खेल बराबर भयो।

गि्रसले बराबरी गोलको केही समयपछि नै पेनाल्टीमा गोल गर्ने मौका पाएको थियो तर गि्रसका सर्वाधिक अनुभवी खेलाडी जियोर्गस कारागोउनिसले प्रहार गरेको पेनाल्टी स्थानापन्न गोलरक्षक प्रेज्मिस्ल टाइटनले विफल पारे। जुन उनको सो खेलमा पहिलो 'टच' थियो। पोल्यान्डको गोलरक्षक वोज्सिच सेस्नेले साल्पिगिडिसलाई डिबक्समा लडाएपछि गि्रसले पेनाल्टी पाएको थियो। सो घटनामा सेस्नेले रातोकार्डको पनि दर्शन गरे। एपी

टर्निङ प्वाइन्ट

युरो-२०१२ अन्तर्गत पोल्यान्ड र गि्रसबीचको उद्घाटन खेल नै स्पेनका रेप|mी कार्लोस कारबालोको विवादास्पद निर्णयले चर्चामा रहृयो। रेप|mीले पूर्वार्द्ध सकिन लाग्दा सोक्राटिस पापास्थाटोउपाउलोसलाई अनावश्यक रूपमा रातोकार्डको दर्शन गराएर प्राविधिक गल्ती गरेका थिए। सोक्राटिस दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन्। यद्यपि फुटबल विशेषज्ञ भन्छन्- उनलाई दिइएको पहिलो पहेँलो कार्ड पनि जायज थिएन।

त्यसपछि केही मिनेटपछि पोल्यान्डका डिफेन्डर परिकिसले डिबक्समा दुईपटक बल हातले छोएपछि पेनाल्टीको सङ्केत गरेनन्। फुटबलका जानकार भन्छन्- रेप|mीले आप\mनो गल्ती सच्याउने मौका तुरुन्तै पाएका थिए तर उनले दोस्रोपटक पनि पोल्यान्डको पक्षमा गलत निर्णय दिए। यद्यपि रेप|mीको सो व्यवहारले खेलको जोश भने कम भएन। गि्रसका खेलाडी अन्यायमा परेपछि थप जोसिएका थिए। जसले गर्दा एक खेलाडीको बेफाइदामा पनि उनीहरूले चमत्कारीपूर्ण खेल खेल्दै बराबरी गोल गरे। एजेन्सी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home