अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
देशलाई असफल बन्न दिनुहुन्न : राणा
नारद गौतम
 

काठमाडौँ, जेठ २८ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले २०४७ सालको संविधान र राजतन्त्र नर्फकने बताउनुभएको छ। देश अन्तरिम संविधान, २०६३ बाट अगाडि बढिरहेको स्पष्ट पार्दै अध्यक्ष राणाले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ भन्नुभयो।

आइतबार गोरखापत्रसँग कुरा गर्दै अध्यक्ष राणाले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने हो भने संविधानसभा पनि ब्युँतन नसक्ने दाबी गर्नुभयो।

जातीय र क्षेत्रीय कुरालाई चर्काएर देशलाई लडाईं र द्वन्द्वमा धकेल्नबाट जोगाउनुपर्नेमा जोड दिँदै राणाले भन्नुभयो- जातीय वा क्षेत्रीय सद्भाव खल्बलिनबाट रोक्नुपर्छ, फरक मत छ भने छलफल गरेर समाधान गर्नुपर्छ।

अध्यक्ष राणा राजनीतिक निकासका लागि राजनीतिक सहमतिको कुनै विकल्प छैन, त्यसका लागि कि त संविधानका विषयमा सहमति गर्नुपर्‍यो वा आयोग गठन गरेर जानुपर्ने बताउनुभयो।

संविधानका विषयमा सहमति भएपछि संविधानसभाको चुनाव वा जनमत सङ्ग्रहमा जान सकिने विचार व्यक्त गर्दै अध्यक्ष राणाले भन्नुभयो- प्रधानमन्त्रीले कि त राजीनामा दिनुपर्‍यो वा राजीनामाका लागि तत्पर छु भनेर दलहरूलाई विश्वास दिलाउनुपर्‍यो, त्यसपछि सहमतिका लागि बाटो खुल्छ र सबै दल बसेर सहमतिका लागि पहल गर्नुपर्छ।

एक प्रश्नको जवाफमा अन्तरिम संविधान, २०६३ को औचित्य सकिएको छैन र संविधानबिना देश अगाडि बढ्न सक्दैन भन्दै उहाँले अब २०४७ सालको 'नेपाल अधिराज्यको संविधान' ब्युँताउने कुनै सम्भावना र आवश्यकता छैन भन्नुभयो।

नयाँ संविधान नआएको र संविधानसभा मात्रै विघटन भएको हो तर अन्तरिम संविधानको आयु र औचित्य समाप्त भएको त कहीँ लेखिएको छैन भन्दै अध्यक्ष राणाले भन्नुभयो- मुलुक संविधानविहीन भएर रहन सक्दैन, अहिले अन्तरिम संविधानबाट नै देश अगाडि बढेको छ। समस्याको समाधानको खोजी पनि अन्तरिम संविधानकै माध्यमबाट गरिनुपर्ने विचार उहाँको छ।

उहाँले भन्नुभयो- राजनीतिक वा संवैधानिक सङ्कटको समाधानका लागि राष्ट्रिय सहमतिको कुनै विकल्प छैन, सबै समस्याको समाधान राष्ट्रिय सहमतिकै आधारमा खोजिनुपर्छ।'

तपाईंहरूमाथि राष्ट्रपतिलाई सक्रिय पार्न खोजेको आरोप छ नि भन्ने जिज्ञासामा राणाले- बाधा अड्काउ फुकाउनका लागि त उहाँकोमा जानै पर्छ।

उहाँले अहिले जसरी संविधानसभाको चुनावको घोषणा गरिएको छ, त्यस्तो कुरा अन्तरिम संविधानमा परिकल्पना नै गरिएको छैन, एक युगमा एकपटक हुने संविधानसभाको चुनावको घोषणा प्रधानमन्त्री एक जनाले गर्न नै सक्दैन भन्नुभयो।

'हामी चुनावका लागि डराएका होइनौँ, विधि नै पुगेन भनेका हौँ,

 

 

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home