अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
फोहोर व्यवस्थापनका चुनौती
प्रबलराज पोखरेल
 

समाजमा एकल, दुकल तथा सर्वपक्षीय सक्रिय प्रभावबाट मात्र सरसफाइको क्षेत्रमा परिवर्तन सम्भव छ। वर्तमान अवस्थामा विकसित राष्ट्र मात्र नभई बढ्दो सहरीकरण तथा ग्रामीण भेगमा समेत सफासुग्घर गर्ने प्रवृत्तितर्फ जोड दिइएको छ।

फोहोरमुक्त क्षेत्रमा चर्पीको निर्माण, सफा, हराभरा वातावरण, स्वच्छ पानीको व्यवस्था, ढल निकास, तथा स्वस्थ रूपमा बाँच्न पाउने नैसर्गिक अधिकार सन्निहित छ। कृषि जीवन प्रणालीबाट सेवा उत्पादन तथा औद्योगीकरणको द्वारमा प्रवेश गर्न प्रयत्नरत नेपालीपना ल्याउन जरुरी छ।

जनमानसले वातावरणको क्षेत्रमा यथास्थितिवाद अवस्थामा छोडी पिकनिक प्रवृत्तिबाट भ्रमण स्थानको सुरक्षामा तल्लीन हुन सजगता देखिन्छ। तदनुरूप प्राकृतिक स्रोत तथा साधनको परिचालनबाट नै गुरुत्तर रूपमा वातावरणमा अनुकूल प्रभाव पार्न सकिन्छ।

सरसफाइ अभियानको प्रारम्भ बिन्दु बाल्टिक तटीय राष्ट्रिय इस्टोनियाबाट भयो जहाँ सन् २००८ सालमा ५० हजारभन्दा बढी व्यक्तिको फोहोर स्रोत परिचालन गर्न घरबाहिर, बाटाघाटा, जङ्गल तथा अन्य परिसरमा स्वयंसेवको रूपमा तैनाथ भए। यसरी उनीहरूले अधिराज्यभर नै १० हजार टनभन्दा बढी मात्रमा फोहरमैलाको व्यवस्थापन पाँच घण्टाको अन्तरमा नै गर्न सके। फलस्वरूप यस अभियानको माध्यमबाट करिब २५ करोड यूरोको कार्य सिर्फ पाँच लाख युरोबाट सम्पन्न हुन पुग्यो। तदनुरूप नै सरकारी जङ्गल व्यवस्थापन केन्द्रको अनुगमनको नियममा सन् २००८ को अन्तरालमा फोहोर व्यवस्थापनको समस्यामा ७५ प्रतिशतभन्दा बढीको दरले समस्या घट्दो क्रममा छ।

यसरी नागरिक समाजको क्रियाशीलताबाट नै ४० प्रतिशतभन्दा बढी फोहोरको डुुङ्गुरको पुनर्ताजगी गर्न सम्भव भयो। हाल विश्वमा १०० भन्दा बढी देशका ३० करोडभन्दा बढी जनसङ्ख्याले फोहोर व्यवस्थापनको क्षेत्रमा सरसफाइ अभियानमा होम्मिन पुगेका छन्। आजको गुरुतर दायित्व फोहोर व्यवस्थापन गरी सरसफाइ अभियानमा तल्लीन हुन नागरिक सरकारी, गैरसरकारी निकाय स्थानीय तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वयात्मक क्रियाकलापबाट मात्र सम्भव छ।

आजको गुरुतर दायित्व साधारण तथा जनसङ्ख्याबीच फोहोर मैलाको व्यवस्थापनको सम्बन्ध अङ्गीकार गर्न सकिन्छ। यसैगरी फोहोर व्यवस्थापन तथा वातावरणका समस्याबीच कसैको मुख ताक्नुभन्दा पनि स्वयं अनुप्राणित भई फोहोरको व्यवस्थापन प्रणालीलाई मूर्तरूप दिंंदा सफाइ आन्दोलन प्रभावशाली हुने स्थिति उब्जिन्छ।

यसरी फोहोरबाट जनस्वास्थ्यमा तथा वातावरणमा पनि प्रतिकूल असरतर्फ व्यवस्थापन प्रणालीमा घटाउँदै पुनः प्रयोगको परिपूर्तिको सकारात्मक परिवर्तनमा रूपरेखा देखापर्नेछ। स्रोतको परिचालनतर्फ हरियाली वातावरणको संरक्षण तथा आर्थिक सम्पन्नताको निम्ति कानुनी आधारको संरक्षण गरिन्छ।

सफाइ आन्दोलन निम्ति निजी तथा सार्वजनिक साझेदारी अभियानतर्फ अभिप्रेरित हुन जरुरी छ। फोहोर व्यवस्थापन कार्यको उद्देश्य फोहोर घटाउन पुनः प्रयोग तथा पुनः चक्रीय प्रणालीको कार्यतर्फ दृष्टिगोचर गरिन्छ। यसरी मानव मात्रको हित कल्याण चरितार्थ गर्न मानव अधिकारको सुरक्षित पारदर्शिताको परिनिर्माण कला तथा संस्कृतिको रक्षा सुरक्षण गरिन्छ। यसबाट साधनको दक्षता तथा सेवाग्राहीको अनुकूलको भूमिका निर्वाह गरिन्छ।

यसरी समुदायगत रूपमा सामाजिक, आर्थिक विकास निर्माण गर्न तथा गरिबी निवारण क्ष्ेात्रमा उद्वेलित हुन पर्दछ। यसतर्फ नियम कानुनको निर्माण नीतिगत मार्ग दर्शन स्वरूप तथा केन्द्र र स्थानीय तहबीचको क्षेत्रसित चिरपरिचित भई कार्य गरिन्छ। घर गृहस्थीमा सरसफाइ तथा वातावरणमा प्रभावकारी व्यवस्थापनको अभावमा सिरहाका करिब १००० घर आगलागीबाट नष्ट हुने जोखिम न्यूनीकरणको मार्गतर्फ ध्यान दिनुपर्दछ।

त्यस्तै हालै सेती नदीमा उत्पन्न भू-जल उत्पन्न प्रकोपको न्यूनीकरण गर्न भू-बनोट तथा न्यूनीकरण हुने सम्भव छ। यसैगरी काठमाडौंमा ४७५ टन फोहोर नित्य काठमाडौँमा फालिन्छ भने २०० टन सङ्ग्रह गरिन्छ। यसरी फोहोरको व्यवस्थापन गर्ने स्रोत तथा सङ्गठनका बीच प्रशस्तै मात्रामा हातेमालो गर्ने अवस्था छ। सन् २०११ सालमा तर्जुमा गरिएको ऐन विनियमले स्रोत परिचालनका समुचित व्यवस्थापन प्रणालीमाथि अवरोध गर्ने कार्यबाट प्रभावकारी रूपमा गल्ती गर्ने व्यक्तिमाथिको कार्यप्रणालीमाथि सजगता अपनाइन्छ। समाजमा लुकाएरसमेत फोहोर गर्न दुष्परिणाम र गैर जिम्मेवारीपनाको बोध हुनुका साथै अनुगमनको माध्यमतर्फ दृष्टिगोचर गर्दै प्रखर मात्रामा सरसफाइ कार्यमा उभिन जरुरी छ। प्लास्टिक जस्ता नकुहिने वस्तुमा कानुनी प्रतिबन्धता आवश्यक छ। फालिएका कतिपय वस्तुबाट पुनः प्रयोग तथा उपयोगी सामग्रीसमेत बनाउने परिपाटीतर्फ नेपालले तीव्र प्रयास गर्नुपर्दछ। वातावरणमा सुर्ती चुरोट जस्ता वस्तुले के कत्तिको प्रतिकूल असर पुर्‍याउने तथ्यलाई बर्सेनि छ लाख बालबालिका चुरोटको धुवाँबाट ग्रसित हुँदा असर परेको तथ्यले उजागर गर्दछ। जलवायु परिवर्तनसँगको जोखिमयुक्त असरलाई न्यूनीकरण गरी वातावरणतर्फको असर न्यूनीकरण गर्न आवश्यक छ। यसरी जल, थल तथा वायु प्रणाली मात्रलाई के कत्तिको पानीको आवश्यक पर्दछ परीक्षणबाट हाल गर्मीमा तराईका नदी तथा पोखरीमा ३-४ मिलिग्रामप्रति लिटर अक्सिजन सट्टा १-२ मात्र हुँदा मृत्युवरण गर्न परेको तथ्यबाट प्रष्ट हुन्छ।

यसरी हराभरायुक्त वातारणको निर्माणतर्फ स्रोतको पहिचान गरी फोहोर फाल्ने स्रोत केन्द्रबीच समन्वय, कानुनी सुरक्षा वातावरण संरक्षणमा मार्गमा अनुगमनको अवस्था, सरकारले सरसफाइलाई प्रोत्साहन गने कार्यतर्फ पनि समुचित रूपमा दृष्टिगोचर गर्न जरुरी छ। अन्ततः सरसफाइको द्योतक नै जगत्बीचको सामीप्यसँग सम्बन्धित छ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home