अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
जोशीविरुद्धको मुद्दामा सुनुवाइ सुरु
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २९ गते। नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ। विशेष अदालतका न्यायाधीशत्रय गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा सोमबारदेखि त्यस मुद्दाको सुनुवाइ सुरु भयो। सोमबार सरकारी वकिलहरूले बहस गर्नुभयो।

बहसका क्रममा सरकारी वकिलहरूले सार्वजनिक पदमा बहाल रहँदा पूर्वमन्त्री जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै भ्रष्टाचार नियन्त्रण ऐन २०५९ बमोजिम हदैसम्मको कारबाहीको माग गर्नुभएको थियो।

त्यस मुद्दामा सुनुवाइ प्रारम्भ भएको बताउँदै विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले सरकारी वकिलको बहस नसकिएकाले मङ्गलबार पुनः सुनुवाइ गरिने बताउनुभयो। सर्वाेच्च अदालतले प्रारम्भदेखि नै सुनुवाइ गर्न आदेश दिएपछि जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको हो।

केही वर्षअघि विशेष अदालतले हदम्याद नाघेर मुद्दा दर्ता गरिएको भन्दै जोशीविरुद्धको भ्रष्टाचार मुद्दा खारेज गरिदिएको थियो। खारेजीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेपछि सर्वाेच्च अदालतले खारेजीको फैसला उल्ट्याउँदै पुनः सुनुवाइ गर्न विशेष अदालतलाई आदेश दिएको थियो।

सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले तीन करोड ९३ लाख ६२ हजार रुपियाँ अवैध रहेको दाबीसहित जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home