काठमाडौँ, जेठ २९ गते। राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी सबै नेपालीले आआˆनो ठाउँबाट काम गर्नुपर्ने बताउनुभएको छ। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको दोस्रो वाषिर्कोत्सव तथा राष्ट्रिय ललितकला प्रदर्शनी २०६९ को सोमबार उद्घाटन गर्दै राष्ट्रपति यादवले नेपाली कला र संस्कृतिले राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महìवपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यसको संरक्षणमा सरकार प्रतिबद्ध हुनुपर्ने विचार राख्नुभयो।
"नेपालीको पहिचान नेपाल नै हो" भन्दै राष्ट्रपति यादवले नेपाललाई सुदृढ बनाउन सबै नेपाली मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अहिले देखिएको राजनीतिक, सांस्कृतिक तथा सामाजिक विकृतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले भन्नुभयो, "विद्यमान विकृति अन्त्यका लागि कलाकर्मी र संस्कृतिकर्मीले पनि योगदान दिनुपर्छ।"
"कलाकर्मी, चित्रकार तथा संस्कृतिकर्मी देशको अमूल्य निधि र धरोहर हुन्, यिनको संरक्षणका लागि राज्य लाग्नुपर्छ" भन्दै डा. यादवले स्वदेशी कला, हस्तकला, संस्कृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिन सक्नुपर्ने धारणा राख्नुभयो।