अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
'पहिचानका लागि संयुक्त मोर्चा आवश्यक'
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २९ गते। एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पहिचानमा आधारित सङ्घीयताको पक्षमा रहेका सबै पार्टी तथा शक्तिको संयुक्त मोर्चा बनाउने बेला भएको बताउनुभएको छ।

सोमबार पार्टी निकट मजदुर सङ्गठनका नेता कार्यकर्तालाई ललितपुरमा प्रशिक्षण दिँदै प्रचण्डले काँग्रेस, एमालेलगायतका केही दल सङ्घीयताको पक्षमा नरहेको आरोप पनि लगाउनुभयो।

दुई दलले मनैदेखि सङ्घीयता स्वीकार नगरेकै कारण संविधान नबनाई संविधानसभा भङ्ग भएको बताउँदै उहाँले आमजनताको चाहनाविपरीत जाने उनीहरूको 'यस्तै हर्कतका कारण' ती दलहरू जनताबाट पाखा लाग्दै गएको पनि दाबी गर्नुभयो। केही दिनअगाडि शक्ति प्रदर्शन भन्दै राजधानीमा २७ दलले गरेको आमसभाको सहभागिताले ती दलको हैसियत कस्तो छ भन्ने स्पष्ट देखिएको चर्चा गर्दै उहाँले भन्नुभयो, "उनीहरू जनतालाई अधिकार दिन चाहँदैनन्। जनतालाई अधिकार दिँदा उनीहरूलाई भाँडभैलो मच्चाउन खोज्यो भन्ने लाग्छ।"

माओवादीले असार १ गते राजधानीलगायत देशका ७५ वटै जिल्ला सदरमुकाममा गर्न लागेको आमसभामा सङ्घीयता पक्षधर सबै जनसमुदायको उपस्थिति हुने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि पार्टीका सबै जनवर्गीय सङ्गठनले पहल गर्नुपर्ने बताउनुभयो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home