अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
सरकार-व्यवसायीबीच विश्वासको सङ्कट
महेन्द्र विष्ट
 

काठमाडौँ, जेठ २९ गते । अर्थमन्त्रालयअन्तर्गतका निकायहरूले साना करदातामाथि निगरानी बढाएपछि यताका दिनमा निजी क्षेत्र र सरकार बीचको द्वन्द्व बढेर गएको छ । साना करदाता माथि सरकारले बढाएको निगारानीलाई निजी क्षेत्रले सरकारी आतङ्कका रूपमा चित्रित गरेको छ । सरकारले निगरानी बढाएलगत्तै नेपाल चेम्बर्स अफ कमर्सले आइतबार एक कार्यक्रमको आयोजना गरी सरकारले अनुसन्धानको नाममा व्यावसायिक क्षेत्रलाई तहसनहस पार्न खोजेको आरोप लगाएको छ ।

सरकारको यस्तो रबैयाले निजी क्षेत्रलाई नै निराश बनाएको नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुरेश बस्नेत बताउनुहुन्छ । आन्तरिक

राजस्व विभागले सुरु गरेको साना करदाता माथिको छानबिन र राजस्व अनुसन्धान विभागले सुरु गरेको छापा अभियानको विषयमा विशेष छलफल गर्न अर्थमन्त्री वर्षमान पुनसँग दुई/तीन दिनभित्रै भेट गर्ने कार्यक्रम तय भएको अध्यक्ष बस्नेत बताउनुहुन्छ ।

उता अर्थमन्त्रालयका

अधिकारीहरू भने अहिलेको तरल अवस्थामा अनौपचारिक क्षेत्र बढी सक्रिय भई औपचारिक आर्थिक क्षेत्र कमजोर हुने भएकाले विभाग बढी सक्रिय हुनुपर्ने बताउँछन् ।

तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै आर्थिक अराजकता मच्चाउने तत्व सक्रिय हुने गरेको विगतका थुप्रै उदाहरण भएकाले

यस्तो अवस्थामा विभागले चनाखो भएर काम गर्नुपर्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक जन्मजय रेग्मी बताउनुहुन्छ । तरल

अवस्थामा विभागले सक्रियतापूर्वक काम गर्न नसके मुलुकको अर्थतन्त्र नै तहसनहस हुने रेग्मीको भनाइ छ । त्यसैले शङ्कास्पद ठाउँमा छापा मार्ने र अनुसन्धान गर्ने कार्यलाई विभागले निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।

अनुसन्धान टोलीलाई असहयोग गरेको आरोपमा चितवनका तीन जना व्यापारीको बैङ्क खाता रोक्का गर्ने

राजस्व अनुसन्धान विभागको निर्णयलाई पनि निजी क्षेत्रले गम्भीर रूपमा लिएको छ । उक्त निर्णयलाई तत्काल पुनःविचार गर्न निजी क्षेत्रले दबाब दिँदै आएको छ । यस विषयमा अर्थमन्त्री पुन सकारात्मक देखिनुभएको अध्यक्ष बस्नेत बताउनुहुन्छ । अर्थमन्त्री सकारात्मक भए पनि मन्त्रालय र विभागका अधिकारीहरूका कारण व्यवसायी र सरकार बीचको दूरी बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

त्यस्तै आन्तरिक राजस्व विभागले पनि पुस, चैत र जेठ महिनामा गरी छानबिनका लागि चार हजार चार सय साना करदाताको सूची मातहतका कार्यालयहरूमा पठाइसकेको छ । ठूला करादाताहरूले विभागमा बुझाएको विवरणमा बिक्री गरेको देखिए पनि साना करदाताको विवरणमा खरिद गरेको नदेखिएपछि त्यस्ता करदाता माथि विभागले छानबिन सुरु गरेको हो । यस्तो कारोबारबाट साना करदाताले करोडौँ रुपियाँको राजस्व छली गरेको आशङ्का विभागले गरेको छ ।

यसरी राजस्व छली गर्ने साना करदाताको सूची अझ ठूलो भएको र त्यसलाई पनि छानबिनका लागि आन्तरिक राजस्व विभागले मातहतका कार्यालयमा पठाउन लागेको सूचना व्यवसायीले पाएकाले व्यवसायीहरू थप झस्किएका छन् । विभागले छानबिनका लागि थप हजारौँ साना करदाताको सूची पठाउन लागेको जानकारी हामीलाई अएको छ यसले व्यावसायिक क्षेत्रलाई थप आतङ्कित बनाउने अध्यक्ष बस्तनेत बताउनुहुन्छ । उता आन्तरिक राजस्व विभागका महानिर्देशक टङ्कमणि शर्मा भने आर्थिक अपराध गर्ने जोकोही पनि कारबाहीको दायराबाट उम्किन नसक्ने बताउनुहुन्छ ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home