अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
माओवादी अध्यक्ष प्रचण्डलाई वैद्य पक्षको छबुँदे जवाफ
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ ३२ गते। पार्टी एकताका लागि एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुझाएको सातबुँदे प्रस्ताव चित्तबुझ्दो नभएको भन्दै माओवादीको वैद्य पक्षले छबुँदे लिखित जवाफ बिहीबार पार्टी अध्यक्षलाई दिएको छ।

सो पक्षको कुपण्डोलमा रहेको नेवाः राज्य समितिको कार्यालयमा बसेको पोलिटब्युुरो बैठकले 'पार्टीलाई एकताबद्ध तुल्याउने आधार र उपायबारे' शीर्षकमा तयार पारिएको जवाफमा बुधबार अध्यक्षले बुझाउनुभएको सातबुँदे प्रस्तावमा समस्याहरूको समाधान गर्दै पार्टी एकीकरण दिशामा नरहेको ठहर गरिएकोे छ।

विगत लामो समयदेखि आधारभूत कार्यदिशाका साथै डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्ने प्रक्रियासँंगै मधेसी मोर्चासँग गरिएको चारबुँदे सहमति तथा चार दलसँग गरिएको सातबुँदे सहमति, जनमुक्ति सेनाको चाबी हस्तान्तरण तथा सेना समायोजन, भारतसँग गरिएको बिप्पा सम्झौता, जलस्रोतसम्बन्धी गरिएका सहमति र राष्ट्रिय स्वाधीनताका मुद्दाहरू, किसानहरूबाट जग्गा फिर्तालगायतका विषयमा रहेका विवादहरूलाई समाधान नगरी एकताबद्ध हुन सैद्धान्तिक रूपमा गाह्रो हुने उल्लेख गरिएको छ।

नयाँ जनवादी गणतन्त्र स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने मूल नीति तथा कार्यक्रममा आधारित कार्यदिशा निर्धारण गरिएकोमा त्यसका विरुद्ध पार्टीलाई संसद्वादी तथा सुधारवादी भासमा फँसाउने कसरत भएको आरोप लगाइएको छ।

जनताको सङ्घीय गणतन्त्रको मूल कार्यनीति पारित गर्दै सोही दिशाको संविधान बनाउने आधिकारिक लाइन भए पनि मधेसी मोर्चासँग गरिएको सहमतिमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान उल्लेख गर्दै नेपालको विदेशसम्बन्धी पार्टीको नीतिविपरीत सहमति गरिएकोप्रति

सो समूहले आपत्ति जनाएको छ।

त्यसैगरी देशका प्रधान अन्तरविरोधमा परिवर्तन भएको र राष्ट्रिय स्वाधीनता रक्षाको प्रश्न प्रमुख बनेको स्थितिमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गर्ने पार्टीको सर्वसम्मत निर्णय हुँदाहुँदै मान्यताविपरीत चारबुँदे

सहमति भएको उल्लेख गरिएको छ।

वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण' र महासचिव रामबहादुर थापा 'बादल'ले हस्ताक्षर गर्नुभएको उक्त लिखित पत्रमा विभिन्न प्रकारका गल्ती, कमीकमजोरीलाई लिखित आत्मालोचनासहित पुनरावृत्ति नहुने किसिमले अध्यक्ष प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग गर्दै असार १ गतेदेखि हुने राष्ट्रिय भेला यथासमय र स्थानमा सम्पन्न हुने जानकारी पनि दिइएको छ।

केन्द्रीय सदस्यद्वय दिनेश शर्मा र कृष्णसिंह दनुवारका साथ प्रचण्ड निवासमा लिखित पत्र लिएर पुग्नुभएका एकीकृत नेकपा -माओवादी) पोलिटब्युरो सदस्य हरिभक्त कँडेल 'प्रतीक'ले रूपान्तरणसहितको पार्टी एकताका लागि ठोस नीति राष्ट्रिय भेलाले तय गर्ने बताउँदै संसदीय भास वा क्रान्तिकारी धारको विषयमा पार्टी अध्यक्षले लिने निर्णयको विषयले एकता हुने विश्वास व्यक्त गर्नुभयो।

''एकताको हल्ला मिडियामा गरेर पार्टीभित्र फुटको बीजारोपण पार्टी अध्यक्षले गर्नुभएको आरोप लगाउँदै कार्यदिशा असफल भएकाले राजीनामाको कुरा पनि आएको हो तर प्राथमिकता हामीले कार्यदिशामा दिएका छौँ'', उहाँले भन्नुभयो, "मिडियामा राजीनामाको हल्ला अध्यक्षले चलाउनुहुन्छ तर प्रस्तावमा कतै समेट्नुभएको छैन।''

वैद्य पक्षले दिएको प्रस्ताव सम्बन्धमा अध्यक्ष प्रचण्ड पक्षले आधिकारिक निर्णय गर्ने विदेश विभाग प्रमुख कृष्णबहादुर महराले पत्रकारहरूलाई जानकारी दिनुभयो।

यसैबीच असार १ गते हुने खुलामञ्चको आमसभामा पार्टी अध्यक्ष प्रचण्डले आˆनो पक्षको आधिकारिक धारणा सार्वजनिक गर्नसक्ने लाजिम्पाट स्रोतले जानकारी दिएको छ भने वैद्य पक्षको भेलामा १५ सय राज्य समितिका सदस्यहरू उपस्थित हुने र भेलाको तयारी पूरा भएको जानकारी दिइएको छ।

लिखित प्रस्तावमा लिखित जवाफसँगै एकीकृत नेकपा -माओवादी)को अन्तरपार्टी सङ्घर्ष अध्यक्ष प्रचण्डको पक्षले गर्ने असार १ गतेको आमसभा र वैद्य पक्षले गर्ने असार २ गतेदेखिको औपचारिक भेलाबाट जुन निष्कर्ष निष्कन्छ, त्यहीअनुरूप एकीकृत माओवादीको भविष्य निर्धारण हुने लामो समयदेखि नेपालमा बसेर माओवादी

जनयुद्धलाई अध्ययन गरिरहनुभएका नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका पवन पटेलले गोरखापत्रसँग प्रतिक्रिया दिनुभयो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home