अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
सानै आकारको भए पनि बजेट ल्याउनुपर्ने
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ ३२ गते। नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर हिमालय शमसेर थापाले वर्तमान सरकारले राज्यको दैनिक व्यवहार सञ्चालन गर्न सानो आकारको भए पनि बजेट ल्याउनुपर्ने बताउनुभएको छ। उहाँले बजेटमा कुनै नयाँ कार्यक्रम ल्याउन नमिल्ने स्पष्ट पार्नुभयो। नेपाल नागरिक मञ्चद्वारा बिहीबार यहाँ आयोजित अन्तर्त्रिmयामा सो मञ्चका अध्यक्ष राणाले चुनाव भए पनि सो चुनाव संविधानसभाका लागि नभई संसद्का लागि हुनुपर्ने बताउनुभयो।

उहाँले वर्तमान समस्याको अन्त्यका लागि 'आवश्यकताको सिद्धान्त अनुसार' राष्ट्रपतिले जुनसुकै कदम चाल्न मिल्ने दाबी गर्नुभयो। उहाँले चार वर्षका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा दुवै सदनबाट निर्वाचित आलङ्कारिक राष्ट्रपतिको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्थविद् प्रा.डा. मदनकुमार दाहालले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउँदै वर्तमान सरकारले पूर्ण बजेट ल्याएमा भने अन्तर्राष्ट्रिय कानुनको विपरीत हुने दाबी गर्नुभयो। राजनीतिक सङ्क्रमण र तरलतासँगै यहाँको आर्थिक अवस्था जोखिमपूर्ण बन्दै गएको बताउँदै उहाँले मुलुकको अर्थतन्त्र ६२ प्रतिशत आमनागरिकको पहुँचभन्दा बाहिर रहेको बताउनुभयो। नेपालको परनिर्भरता भारतसँग ६७ प्रतिशत तथा अन्य मुलुकसँग ३३ प्रतिशत रहेको बताउँदै अर्थविद् दाहालले विदेशी लगानी भित्र्याउन राजनीतिक स्थिरता र अधिकतम पूर्वाधारको विकास गर्नुपर्ने सुझाव दिनुभयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home