काठमाडौँ, असार १ गते। अज्ञात समूहबाट हत्या गरिएका सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई सहिद घोषणा गरिएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उहाँलाई सहिद घोषणा गर्ने निर्णय गर्दै उहाँका आश्रति परिवारलाई सरकारको तर्फबाट १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनेसमेत निर्णय गरेको छ।
शिक्षामन्त्री दीनानाथ शर्माले स्वर्गीय बमको हत्याका सम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश प्रेमप्रसाद शर्माको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोगको समेत गठन गरिएको जानकारी दिनुभयो।