अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
नेपाल-दक्षिण अफ्रीकाबीच आर्थिक सहकार्य जरुरी
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १ गते। मुलुकको निजी क्षेत्रले लगानीका लागि दक्षिण अफ्रीकाको सहयोगको आहृवान गरेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी र नेपालका लागि दक्षिण अपि|mकी राजदूत जीओफ्री डोइड्ज तथा दक्षिण अपि|mकी सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका राजदूत डा. अनिल सुकलालसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच शुक्रबार भेटवार्तामा यस्तो आहृवान गरिएको हो।

दुई देशबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका विषयमा भएको भेटवार्तामा राजदूत डोइड्जको स्वागत गर्नुहँुदै महासङ्घका कार्यवहाक अध्यक्ष राजकणिर्कारले नेपालका लागि यतिखेर बाहृय लगानी, प्रविधि तथा अनुभवको आवश्यकता रहेकाले नेपालको विकास प्रयासमा सहयोग गर्न दक्षिण अपि|mकाको उच्चस्तरीय प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो। लगानीको वातावरण अनुकूल रहेको र नेपालमा उत्पादन भएका सामानहरू दुई ठूला अर्थतन्त्र भएका भारत र चीनको बजारमा सहज रूपमा जान सक्ने भएकाले नेपालमा निर्धक्क भएर लगानी गर्न सकिने स्पष्ट पार्नुभयो।

उहाँले बाहृय लगानी आकर्षणका लागि सरकार प्रतिबद्ध रहेको र सरकारी नीति पनि लगानीमैत्री रहेको स्पष्ट पार्दै नेपालमा लगानीका लागि प्रतिस्पर्धी क्षेत्रका रूपमा पहिचान गरिएका पूर्वाधार विकास, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि प्रशोधन, खनिजजन्य उद्योगमा लगानीका लागि आग्रह गर्नुभयो।

भेटवार्तामा राजदूत डोइड्जले महासङ्घसँगको छलफलका क्रममा आएका सुझावहरूलाई आफूहरूले निकै महत्त्वपूर्ण रूपले लिएको बताउँदै अत्यन्त न्यून रहेको आयात निर्यात व्यापारलाई कसरी बढोत्तरी गर्न सकिन्छ त्यसमा दुवै देशका निजी क्षेत्र सहकार्यमा जुट्नु पर्नेमा जोडदिनु भयो।

उहाँले नेपालमा खनिजजन्य उद्योग र कृषि प्रशोधनका क्षेत्रमा दक्षिण अपि|mकासँग सहकार्यको सम्भाव्यता औँल्याउनु भयो। राजदूत जेफरी डोइड्जले दुवै देशका सरकारबीच आपसी हितका विषयमा निरन्तर भेटघाट, बैठकमा समेत जोड दिनुभयो।

सो अवसरमा नेपालमा लगानीको सम्भाव्यता, नेपालको अन्तर्राष्ट्रिय बजार, नेपाल र दक्षिण अपि|mकाबीचको आयात निर्यात व्यापारको अवस्था, संयुक्त लगानीको सम्भाव्यता आदिका सम्बन्धमा छलफल भयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home