अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
कुलेखानी तेस्रो समयमा सक्न स्थलगत निरीक्षण
मकवानपुर समाचारदाता
 

हेटौँडा, असार ३ गते। कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणमा ढिलाई भइरहेको समयमा निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ। ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिले मकवानपुरको भैंसेमा शनिबार आयोजनास्थलको निरीक्षणपछि निर्देशन दिएका हुन्।

आयोजनाको मुख्य सिभिल निर्माणको ठेकेदार सिनो हाइड्रोले एकतर्फी रूपमा ठेक्का तोडेपछि र बन्द, हड्ताल, विरोधलगायतको कारणले सन् २०११ मा सम्पन्न गर्नुपर्ने आयोजना अझै पूरा भएको छैन। ठेक्का तोडेको सिनोलाई सहमतिमा फर्काएर गत फेब्रुअरीमा ३० महिनाका लागि समय थप गरी नयाँ सम्झौता गरिएको थियो। ऊर्जा सचिव हरिराम कोइराला, प्राधिकरणका कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ, उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डेलगायतले समयमै आयोजना निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएको हो। उहाँहरूले आयोजना निर्माणका क्रममा देखिएका विद्यमान समस्या समाधानमा सहयोग गर्ने आश्वासन दिनु भएको थियो।

आयोजना भैंसे गाविसको सानुटार पुगेका ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई आयोजनाका प्रतिनिधि र सिनो हाइड्रोका प्रतिनिधिहरूले प्राधिकरणले समयमै भुक्तानी दिन नसकेको, डिजेलको कमी, शान्तिसुरक्षाको अभाव, बेलाबेलामा स्थानीयवासीबाट हुनसक्ने अवरोधलगायतका समस्याबारे जानकारी गराएका थिए। ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूले दुई वर्षभित्र पछिल्लोपटक थपिएको समयमा आयोजना पूरा गर्नका लागि देखिएका र आउने समस्या र बाधा-अवरोध समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

कुलेखानी आयोजना प्रमुख मधुसूदन प्रताप मल्लले आयोजनाको अहिलेसम्म ३५ प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो।

प्राधिकरणको ७५ प्रतिशत र नेपाल सरकारको २५ प्रतिशत लगानी रहेको कुलेखानी तेस्रो आयोजनाको निर्माण अपि्रल २००८ बाट सुरु भएको हो। मकवानपुर जिल्लाको भैंसेमा निर्माणाधिन १४ मेगावाटको आयोजनाको कुल लागत दुई अर्ब ४३ करोडमध्ये एक अर्ब ४० करोड रुपियाँ खर्च भइसकेको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home