अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
भारतीय औद्योगिक कोरिडोरमा जापानी सहभागिता
एजेन्सी
 

नयाँ दिल्ली, असार ४ गते। भारतको औद्योगिक उत्पादनमा कमी आउन थालेकोले सो क्षेत्रलाई बढावा दिने सिलसिलामा भारत सरकारको डिपार्टमेन्ट अफ इन्ड्रस्टि्रयल पोलिसी एण्ड प्रमोसन -डीआइपीपी)ले गरेको प्रस्तावअनुरूप जापान सरकारलाई दिल्ली मुम्बई इन्ड्रस्टि्रयल कोरिडोर -डीएमआइसी) आयोजनामा २६ प्रतिशत हिस्सा जापानलाई दिने बताइएको छ। भारतीय सरकारको मन्त्रीपरिषद्को स्वीकृति आउनुपर्ने उक्त ठूलो आयोजनामा सरकारको ४९ प्रतिशत जापान सरकारको २६ प्रतिशत र बाँकी २५ प्रतिशत राज्यस्तरको संस्थाहरू जसमा निजी क्षेत्रका वित्तीय तथा बीमा कम्पनीहरूको समेत हिस्सा रहने बताइएको छ।

भारतको औद्योगिक उत्पादनमा आएको कमीले रोजगारी, निर्यात र समग्रमा मुलुकको अर्थतन्त्रमा पार्नसक्ने नकारात्मक प्रभाव कम गर्न औद्योगिक उत्पादन बढाउने नीति सरकारले लिने जनाएकोले दिल्ली र मुम्बई कोरिडोरमा निर्माण हुने औद्योगिक क्षेत्रको अवधारणालाई तीव्र गतिमा अघि बढाउन लागिएको बताइएको छ।

भारतको राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईबीचको दुरी कम गर्दै पहुँच विस्तार र औद्योगिक वातावरण निर्माण गर्ने दिशामा दुई प्रमुख सहरलाई कोरिडोरको रूपमा विकास गर्ने क्रममा रेलसेवा विस्तार र दिल्ली, उत्तर प्रदेश, हरियाणा, राजस्थान, गुजरात, महाराष्ट्र र मध्य प्रदेशजस्ता सहरहरूमा हुने उत्पादनहरूको आदानप्रदान सहज बनाइएने बताइएको छ। उक्त ठूलो आयोजनाका लागि भारत सरकारले १८ हजार ५०० करोड भारतीय रुपियाँ खर्चिने र जसमा दिल्ली र मुम्बईबीचको एक हजार ४८३ किलोमिटर दुरीमा दु्रतगतिको रेलमार्ग आगामी पाँच वर्षभित्र निर्माण गरिने जनाइएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home