अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
चर्को ब्याजदरका कारण लगानीकर्ता तीव्र मर्कामा
भैरहवा समाचारदाता
 

भैरहवा, असार ४ गते। राजनीतिक अस्थिरता र लगानीको वातावरण नहंदा बैंकहरूमा अधिक तरलता देखा परेको सरोकारवालाहरूले बताएका छन्। बैंकहरूमा लगानीका लागि प्रशस्त रकम भए पनि खर्च गर्ने ठाउँ नपाउँदा बैंकहरूमा अधिक तरलता देखा परेको उनीहरूको भनाइ छ।

नेपाल इकोनोमिक एण्ड म्यानेजमेण्ट सोसाइटी

-नेकोम्स) रूपन्देहीको आयोजना र सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घ रूपन्देहीको सहकार्यमा आइतबार भैरहवामा भएको "अधिक तरलता, चर्को ब्याजदर र लगानीमा यसको प्रभाव" विषयक कार्यक्रममा बैंक तथा वित्तीय संस्थासँग आबद्ध सरोकारवालाहरूले सरकारसँंग मुलुकमा लगानीमैत्री वातावरण बनाउन आग्रह गरेका हुन्। उनीहरूले नेपालको केन्द्रीय बैंकको रूपमा रहेको नेपाल राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई नियमन गर्ने नाममा जथाभावी दुःख दिन नहुनेमा जोड दिएका छन्।

कार्यक्रममा नेपाल इकोनोमिक एण्ड म्यानेजमेण्ट सोसाइटी -नेकोम्स) रूपन्देहीका सचिव सुरज घिमिरेले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै उद्योगी, व्यवसायी एवं बैंक तथा वित्तीय संस्थासंँग सम्बद्ध व्यक्तिहरूले लगानीको क्षेत्र खोजी गरी अधिक तरलता व्यवस्थापनमा जोड दिँदै बैंकहरू ग्रामीण क्षेत्रसम्म जानुपर्ने बताउनुभयो।

कार्यक्रममा पूणिर्मा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले सरकारले बंैकिङ क्षेत्रलाई कुनै सहयोग नगर्दा बैंकहरूमा अधिक तरलता कायम रहेको उल्लेख गर्नुभयो। सिद्धार्थ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बाबुकाजी शाक्यले लुम्बिनीलगायतका क्षेत्रमा लगानीको बाटो पहिल्याउनुपर्ने बताउँदै बैंकहरूले पर्यटन, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो।

अर्थर्विद् डा. शम्भुकुमार गुप्ता र डा. रामचन्द्र आचार्यले विदेशी मुलुकबाट भित्रिने रेमिट्यान्सका कारण अधिक तरलता यथावत रहेको बताउँदै भारतलगायतका मुलुकमा गइरहेको पुंँजी पलायन रोक्नुपर्ने बताउनुभयो। उहाँहरूले बैंकहरूले लिने चर्को ब्याजदरका कारण लगानीकर्तार्हरूले लगानी गर्न नसकेको बताउँदै ब्याजदर घटाउनुपर्ने कुरामा जोड दिनुभएको थियो।

कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुकुमार शर्मा, उपाध्यक्ष ऋशिकेश अग्रवाल, निवर्तमान अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, महासचिव कुलप्रसाद न्यौपाने, सदस्यहरू विजय पाण्डे, चन्द्रमान श्रेष्ठ, राजेश अग्रवाललगायतले बोल्दै सरकारको उदासिनता, बढ्दो लोडसेडिङ, चन्दा आतङ्कजस्ता समस्याहरूले गर्दा उद्योगी तथा व्यवसायीले भइरहेका उद्योग राम्रोसंँग सञ्चालन गर्न नसकिरहेको अवस्थामा थप उद्योगका लागी लगानी गर्न नसक्ने बताएका थिए।

कार्यक्रममा नेकोम्सका अध्यक्ष नविन पन्त, उपाध्यक्ष मधुसुदन पोखरेल, नेपाल इन्भेष्टमेन्ट बैंक भैरहवाका प्रबन्धक गोकर्ण दवाडीलगायतले मन्तव्य राख्नुभएको थियो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home