अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
एमेच्योर गल्फर टासीको अग्रता
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार ४ गते। एमेच्योर गल्फर टासी छिरिङले अनपेक्षितरूपमा सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन अग्रता बनाएका छन्।

गोकर्ण गल्फ क्लबमा सोमबार पाँच अन्डर ६७ स्कोरकार्ड बनाउँदै सूर्य नेपाल गल्फ टुर २०१२-१३ को चौथो इभेन्टको पहिलो दिन २९ व्यावसायिक गल्फ खेलाडी पनि पछाडि पारे। व्यावसायिक गल्फरद्वय दीपक न्यौपाने र राम थापा -चार अन्डर ६८) एक स्ट्रोकले टासीभन्दा पछाडि छन्।

गत विजेता तथा नेपालका नम्बर एक गल्फ खेलाडी शिवराम श्रेष्ठ र रमेश अधिकारी संयुक्तरूपमा चौथो स्थानमा रहेका छन्। रोयल नेपाल गल्फ क्लबका खेलाडीद्वय समान ६९ स्कोरमा छन्। दुई अन्डर ७० स्कोर गरेका रवि खड्का छैटौँ स्थानमा छन्।

यसैगरी, रमेश नगरकोटी, संजय लामा, सूर्यप्रसाद शर्मा र रामकृष्ण श्रेष्ठले एक अन्डर ७१ मा खेली सातौँ स्थान बाँडेका छन्। त्यसपछि भेटारन दीपक थापा मगरको स्थान छ।

एमेच्योर वर्गमा सूर्य नेपाल एनजिए युथ गल्फ डेभलपमेन्ट प्रोग्रामका उत्पादन दिनेश प्रजापति छ स्ट्रोकले टासीभन्दा पछाडि छन्। तेस्रो स्थानमा भुवन गुरुङ र टासी घले छन्। यी दुवैले टु ओभर ७४ मा खेले। दीपक रायमाझी -७५ स्कोर) पाँचौँ स्थानमा छन्।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home