अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
यमनसँग नेपाल स्तब्ध
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार ४ गते। एएफसी यु-२२ फुटबल प्रतियोगितामा सोमबार यमनसँग नेपाल १-० ले स्तब्ध भएको छ। पहिलो खेलमा बंगलादेशलाई हराएपछि हौसिएको नेपाली टिमलाई यमनका सद्दाम हुसेनको गोलले निरास बनायो। खेलको २९आँै मिनेटमा यमनका इसामअल ओरफीले डिबक्सबाट मिलाइदिएको पास सदुपयोग गर्दै गोलपोस्ट नजिक रहेका सद्दामले सहज ढङ्गले गोल गरे। सद्दामले गरेको सोही गोल निणर्ायक बन्यो। सो गोलले सुरुका दुई खेल जित्ने नेपालको सपना चकनाचुर हुन पुग्यो।

जोर्डनसँग ४-० ले पराजित भएको यमनलाई हराउने योजनाका साथ मैदानमा उत्रिएको नेपालले थुप्रै अवसर गुमाएको थियो। उत्तरार्द्धमा अनिल ओझाले प्रहार गरेको बल गोलपोस्टमा ठोक्किनु पनि नेपालको दुर्भाग्य बन्यो। यसबाहेक पनि नेपालले अन्य थुप्रै अवसर गुमाएको थियो।

नेपालका प्रशिक्षक व[mष्ण थापाले हारपछि अब आगामी खेलमा रणनीतिमा परिवर्तन हुनसक्ने जानकारी दिएका छन्। सोचेकोभन्दा फरक नतिजा आयो, राम्रो खेल्दाखेल्दै पनि अनुकूल नतिजा आएन, अब आगामी खेलमा आक्रामक फुटबल खेल्छाँै, प्रशिक्षक थापाले भने।

नेपालले डिफेन्सको समन्वयमा कमजोरीले गोल बेहोरेपछि यमन हौसिएको कथन पनि प्रशिक्षक थापाको छ। उनले अब नेपाल 'गर या मर'को योजनासहित दुवै खेलको नतिजा आफ्नो पक्षमा ल्याउने योजनामा रहेको बताए।

नेपाली टिमका कप्तान भरत खवासले प्रारम्भमा गोल बेहोरेपछि दबाब बढेको जानकारी दिए। राम्रो खेल्दाखेल्दै पनि सकारात्मक नतिजा आउन सकेन, अन्य खेलमा कमजोरी हटाउनेछौँ, भरतले भने।

यमनका प्रशिक्षक अब्राहम मेब्रातुले पहिलो खेल हारेपछि नेपालविरुद्ध आक्रमण रणनीतिमा मैदानमा ओर्लेको र सो योजनाले काम गरेको प्रतिक्रिया दिए।

सोमबार नै भएको पहिलो खेलमा उज्वेकिस्तानले बंगलादेशलाई २-१ ले पराजित गर्‍यो।

उज्वेकिस्तानका लागि गादोइभ सोहरम र स्मोलाच्यको पायलले एक, एक गोल गरेका थिए।

गादोयवले खेलको ७४औँ मिनेटमा र पायलले ४०औँ मिनेटमा उज्वेकिस्तानका लागि गोल गरेका थिए।

बंगलादेशका लािग भने खेलको ५५आँै मिनेटमा एमडी इमोन महमुदले गोल गरेका थिए। नेपालले आगामी खेल बुधबार उज्वेकिस्तानसँग खेल्दैछ।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home