अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
माओवादी विभाजनमा 'रिम'
गोरखापत्र समाचारदाता
 

काठमाडौँ,, असार ५ गते। एकीकृत नेकपा -माओवादी)का पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले माओवादी पार्टी फुटाउन अन्तर्राष्ट्रिय कम्युनिस्ट संस्था -रिम) र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रको भूमिका रहेको बताउनुभएको छ।

रिपोटर्स क्लबले मङ्गलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले रिम र वैद्य पक्षधर दुबै जडसूत्रवादी भएको बताउँदै विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिले पार्टी फुटाएको आरोप लगाउनुभयो। उहाँले वैद्य पक्षले १२ बुँदे सम्झौतालाई नै गलत भनेकोले यी शक्तिहरूसँगको साँठगाठमा पार्टी फुटेको पुष्टि भएको बताउनुभयो

उहाँले अध्यक्ष 'प्रचण्ड'ले आफ्नो तर्फबाट इतिहासमा कतै कमिकमजोरी भएको भए सच्याउन तयार छु भन्दाभन्दै विभिन्न शक्ति केन्द्रहरूको इशारामा पार्टी फुटाएको आरोप लगाउनुभयो। "उहाँहरूले पार्टी पहिले नै फुटाइसक्नुभएको थियो। जनताको आशा र भरोसा बोकेको पार्टीलाई विभाजन गर्नेहरूले पार्टी फुटाउनुको औचित्य पुष्टि गर्न तथा जनतालाई जवाफ के दिन्छन् हेर्न बाँकी छ" पोलिटब्युरो सदस्य गजुरेलले भन्नुभयो।

पार्टी फुटाउने निर्णयलाई वैद्य पक्षधरले कुनै पनि हालतमा पुष्टि गर्न नसक्ने बताउँदै उहाँले- "इतिहासको पाँग्रो पछाडि फर्काउने पक्षमा रहेको र २०४८ सालमा भएको पार्टी एकीकरणलाई समेत उहाँहरूले गलत थियो भन्न बेर छैन" भन्नुभयो।

उहाँले पार्टीको आगामी विस्तारित बैठकले वैद्य समूहको आरोपलाई चिर्दै अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई र अन्य नेतहरूबीच ठोस एकता हुने र पार्टी झन् स्पष्ट योजनाका साथ अगाडि बढ्ने बताउनुभयो।

"यसले पार्टीलाई केही क्षति हुँदैन। हिजो पनि दोस्रो महाधिवेशन र चुङवाङ बैठकपछि पार्टी झनै सशक्त भएर अगाडि बढेको थियो। अब पनि विस्तारित बैठकपछि सशक्त ढङ्गले अघि बढ्छ" पोलिटब्युरो सदस्य गजुरेलले भन्नुभयो। उहाँले पार्टी विभाजन भए पनि वैद्य पक्षधर र एकीकृत माओवादीबीच समान वैचारिक मुद्दाहरूमा सहमति तथा सहकार्यको सम्भावना रहेको बताउनुभयो।

"१२ बुँदे सम्झौता हुँदा भारतसँग सहकार्य भएकै हो। अन्तर्राष्ट्रिय समर्थनबिना कुनै पनि परिवर्तन संस्थागत गर्न सकिँदैन। लक्ष्य प्राप्त गर्न सबैसँग सम्बन्ध राख्नुपर्छ। ठूलो पार्टी भएपछि सबै शक्ति केन्द्र र राष्ट्रसँग सम्बन्ध रहनु कुन ठूलो कुरा हो र ? भारत, चीन, अमेरिकासहितका सबै मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ। माओवादी यता मिल्यो त्यता मिल्यो भन्ने आरोप गलत हो" पोलिटब्युरो सदस्य गजुरेलले भन्नुभयो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home