अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
माओवादीको दुःखद विभाजन
 

अन्ततः एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी विभाजन भयो। विभाजित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी-माओवादी राखिएको छ। आमनागरिक र पार्टीका तल्ला कार्यकताले नाम र कार्यक्रमका हिसाबमा विभाजनको खासै औचित्य तत्कालका लागि नदेखेका भए पनि आगामी दिनका कार्यक्रममा यी दुई पार्टीको परीक्षा जनताले लिनेछन्। विभाजनमा सैद्धान्तिक कारण कम र पदीय सौदावाजी हावी रहृयो भन्ने विश्लेषण पनि एकपक्षबाट गरिएको भए पनि विभाजनपछि नवगठित सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले पार्टी विभाजित हुनुका केही महत्वपूर्ण सवाल सार्वजनिक गर्नुभएको छ। उहाँले भन्नुभयो- बिप्पा सन्धि गरी विस्तारवाद स्वीकार गर्नेसँग तमाम राष्ट्रवादी र देशभक्त सँगै बस्न सक्दैनन्। यसरी हेर्दा राष्ट्रियताको सवाललाई विभाजनको महत्वपूर्ण कारण बताइएको छ। विगतको जनयुद्धका बाँकी कार्यभार पूरा गर्नु पनि विभाजनका कारणमा जोडिएर आएका छन्। नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन र आरोप प्रत्यारोप बढी हुँदै आएको यथार्थमा आरोपप्रत्यारोप त्यति महत्वपूर्ण मान सकिंदैन। इतिहास हेर्ने हो भने आज जसलाई नेपाली कम्युनिस्टले आफ्ना संस्थापक भन्दछन् हिजो एउटा कालखण्डमा उहाँलाई गद्दार भनिएको थियो। विभाजनका बेलाको आवेग र संवेगमा यस्ता तीता सन्दर्भ पनि सार्वजनिक हुने गर्दछन्। हिजो सशस्त्र द्वन्द्वका बेला आज विभाजित कतिपय नेताले एउटै सपना देखेका थिए। त्यो सपना पूरा गर्ने बाटो वा माध्यमका बारेमा उहाँहरूको पार्टी बाहिर ठूलो विमति रहे पनि उहाँहरू एउटै उद्देश्यका लागि ज्यानको बाजी लगाएर हिंड्नुभएको थियो। आज उहाँहरूबीचको विभाजनले एउटा पार्टी मात्र विभाजित भएको छैन उहाँहरूका तर्फबाट उचित ठानिएको सशस्त्र द्वन्द्वको सपना पनि विभाजन भएका छन्। राजनीतिक संस्थाहरू विभाजन हुनु दुःखद कुरा हो। काङ्ग्रेस र एमालेले यस्तो अनुभव गरिसकेर पुनः सच्चिएका छन्।

कुनै पनि विभाजनमा सैद्धान्तिक पक्ष महत्वपूर्ण रहेको छैन भने त्यो विभाजनले राष्ट्रिय राजनीतिमा तत्काललाई केही हलचल ल्याउने भए पनि तात्विक प्रभाव राख्न नसक्ने काङ्गे्रस र एमालेको विभाजनले पनि स्पष्ट पारेको छ। नवगठित पार्टी नेकपा माओवादीले सशस्त्र द्वन्द्वको आवश्यकता देखेको छैन यद्यपि जनविद्रोहमार्फत सत्तामा पुग्न सकिने बताएको छ। घुमाउरो पाराले जे भनिए पनि नवगठित सो पार्टीले सशस्त्रद्वन्द्वको आवश्यकता नदेख्नुलाई सकारात्मक नै मान्नुपर्दछ। राष्ट्रवादी र देशभक्तलाई गोलबद्ध गरिने भनिएको छ जुन आफैंमा राम्रो कुरा हो तर यो शब्दलाई साँचो अर्थमा प्रयोग र अभ्यास गर्नसक्ने हो कोही पनि राष्ट्रवादी र देशभक्तलाई यो विभाजनले फुटाउने छैन जुटाउनेछ।

सशस्त्र युद्धमार्फत राज्यसत्ता कब्जा गर्ने नारामा हिंडेका प्रतिबद्ध कार्यकर्तालाई सम्झौता गरेर सत्तामा पुग्दाका अप्ठेराहरू बुझाउन सकेनन् माओवादी नेताहरूले। माक्र्सवादको कखराले भनेजस्तै पुरानो राज्यसत्तालाई नयाँ शक्तिले पराजित गरेको भए माओवादीले भनेसरह हुन्थो। पुरानो शक्तिसँग सम्झौता गरेपछि पुराना शक्तिको अस्तित्व स्वीकार गर्दा हुने असहजतालाई नेताहरूले सहजरूपमा लिए किनकि उनीहरूले सत्ता आरोहण गरे तर आमकार्यकर्ता जो नयाँ राज्यसत्ताका लागि लडेका थिए उनीहरूलाई सत्ता प्राप्तिका सैदावाजी बुझाउन नसक्दा माओवादी नेतृत्व नरम र कार्यकर्ता गरम हुनुले पनि वर्तमान फुटलाई मलजल गरेको छ। नेताहरूको सत्तामोहले गर्दा विगतका कतिपय माग र दृष्टिकोण अलपत्र परेको अनुभव गरेका खाँटी कार्यकर्ताले न्याय नपाएको अनुभव गरे। बी.पी कोइरालाले पार्टी सत्तामा पुगेपछि सुकिला मुकिलाको हावी हुन्छ भन्नुभएको कुरा माओवादीमा पनि लागू भएको त्यसका कार्यकर्ताले महसुस गरे पनि विभाजनलाई रोक्न सम्भव थिएन तर मुलुक, लोकतन्त्र, बहुलवादलाई आत्मसात् गर्ने हो भने यस्ता विभाजन यिनै सन्दर्भमा पुनः एकताबद्ध हुन सक्छन्। अहिलेको आवश्यकता पनि यही हो।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home