लन्डन, असार ५ गते। खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्यमा खासै वृद्धि हुन नसकेका कारण बेलायतमा उपभोक्ता मूल्यवृद्धि विगत अढाइ वर्षकै न्यून अवस्थामा पुगेको बताइएको छ।
बैङ्क अफ इङ्गल्यान्डले बेलायतको अर्थतन्त्रमा थप लगानी गर्ने वातावरण मिलाएका कारण चालू आर्थिक वर्षको मे महिनामा उपभोक्ता मूल्यवृद्धि न्यून बिन्दुमा पुगेको हो।
बेलायको केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार हाल सो मुलुकमा उपभोक्ता मूल्यवृद्धि दुई दशमलब ८ प्रतिशतको नजिक पुगेको छ जुन विगत अढाइ वर्षकै न्यून हो। सन् २०१२ को अपि्रल महिनामा तीन प्रतिशतको नजिक रहेको उपभोक्ता मूल्यवृद्धिमा कमी आएर मे महिनामा एक दशमलब आठ प्रतिशतमा झरेको छ भने आगामी दिनमा त्यस्तो मूल्यवृद्धिमा अझ कमी आउने विश्वास व्यक्त गरिएको छ।
बेलायत सरकारको अनुमान अनुसार चालू आर्थिक वर्षका प्रथम छ महिनासम्ममा उपभोक्ता मूल्यवृद्धि दुई प्रतिशतकै नजिक रहने भए तापनि त्यसपछिको अवधिमा भने त्यस्तो मूल्यवृद्धिमा अझ कमी आएर एक दशमलब छ प्रतिशत नजिक रहने बताइएको छ।