अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
अन्ना क्यासिनोमा विवाद
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार ५ गते। दरबारमार्गस्थित होटल अन्नपूर्णमा रहेको क्यासिनो अन्नाका सञ्चालकहरूबीच आधिकारिताको विषयलाई लिएर विवाद सुरु भएको छ।

सरकारलाई बुझाउनुपर्ने एघार करोड रुपियाँभन्दा बढी रोयल्टी र कर्मचारी तथा निर्यातकर्तालाई समेत गरी ४० करोड रुपियाँ भन्दा बढी बक्यौता रहेको अन्नपूर्ण इन्टरनेसनल प्रा.लि. -क्यासिनो अन्ना सञ्चालन गर्ने कम्पनी)को एक सञ्चालक कल्पदीप राईले कम्पनीका बहालवाला अध्यक्ष तप्तबहादुर विष्टलाई हटाई आफूलाई अध्यक्ष घोषणा गरेको बताएपछि विवाद सुरु भएको हो।

क्यासिनोका मजदुरहरू आफूविरुद्ध उत्रिएपछि केही दिनअघि क्यासिनो छोडेर हिँडेका राईले मङ्गलबार सार्वजनिक सूचनामार्फत यस्तो दावी गरेका हुन्। हालको व्यवस्थापनले भने राईको दावीमा कुनै सत्यता र वैधानिकता नरहेको भन्दै उनको चालवाजी सफल नहुने बताएको छ। अन्नाका अध्यक्ष एवं महाप्रबन्धक तप्तबहादुर विष्टका अनुसार तीनजनाको सञ्चालक समिति रहेको कम्पनीमा उनी -राई) एक्लैले विशेष साधारणसभा गरेर आफूलाई कार्यकारी अध्यक्ष घोषणा गर्ने कुराले कुनै अर्थ नराख्ने भन्दै क्यासिनोका सयौं मजदुरलाई विश्वासमा लिन नसकेर बाहिरिएका राईको हतकण्ठा सफल नहुने बताउनुभयो।

एकीकृत नेकपा माओवादीको मजदुर युनियनको नेतृत्व गर्दै बिनालगानी क्यासिनो सञ्चालक बनेका राईले सरकारलाई दिनुपर्ने रोयल्टी र कर्मचारीलाई दिनुपर्ने तलब सुविधा नदिएर आम्दानी जति आफ्नो पार्टी र ट्रेड युनियनलाई बुझाएर प्रतिष्ठान र सम्पूर्ण मजदुरको भविष्य अन्योलमा पार्ने काम गरेको भन्दै अन्नाका नेपाली काङ्ग्रेस निकट मजदुर नेता कुशकुमार श्रेष्ठले क्यासिनोका तीनवटै ट्रेड युनियन राईविरुद्ध आन्दोलनमा रहेको जानकारी दिनुभयो। राईद्वारा जारी सूचनामा विशेष साधारणसभाबाट हालका अध्यक्षलाई पदमुक्त गरी आफू कार्यकारी अध्यक्ष भएको भन्दै आफूमार्फत सबै कारोबार गर्न सरोकारवालालाई आग्रह गरेका छन्।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home