काठमाडौँ, असार ५ गते। नेपाल आयल निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर चार-चार रुपियाँका दरले मङ्गलबारदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको छ ।
मूल्यवृद्धिसँगै अब डिजेल र मट्टतिेलको मूल्य प्रतिलिटर ९३ रुपिँया पुगेको छ । अन्तर्राष्ट्रिय बजारसँग मूल्य समायोजन गर्न उक्त मूल्यवृद्धि गरिएको निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले जानकारी दिनुभयो ।
मूल्यवृद्धि गर्दा पनि मट्टतिेल र डिजेलमा प्रतिलिटर एक रुपिँया २० पैसा घाटा निगमलाई रहने बताउँदै उहाँले अहिले पनि निगमलाई पेट्रोलियम पदार्थमा मासिक घाटा रु. १३ करोड नौ लाख रहेको बताउनुभयो। निगमले गरेको मूल्यवृद्धिप्रति ध्यानाकर्षण गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले मूल्यवृद्धिले आहत भइरहेका न्यून आय भएका उपभोक्ताहरूलाई थप आहत बनाएको जनाएको छ।
मूल्यवृद्धि गर्नुपर्ने चित्तबुझ्दो आधार र औचित्य बेगर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वर्तमान अवस्थामा एक्कासि वृद्धि गर्नुबाट निगम उपभोक्तामारा भएको पुष्टि भएको मञ्चले जनाएको छ।
औचित्यहीन आधारमा निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता नलिएमा यसबाट आम उपभोक्ताको निगमप्रति आक्रोश बढ्ने भई सोबाट घट्ने घटनाको जिम्मेवारी स्वयं निगमले नै लिनुपर्ने कुरातर्फ सचेत गराउँदै मञ्चले मूल्यवृद्धि अविलम्ब फिर्ता लिन आग्रह गरेको छ ।