अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
श्रीलङ्कालाई एकदिवसीय शृङ्खला
 

कोलम्बो, असार ५ गते। एन्जेलो म्याथ्युजले सङ्कटका समयमा अविजित ८० रनको पालि खेलेपछि सोमबार राति श्रीलङ्काले पाँचौँ तथा अन्तिम एकदिवसीय क्रिकेट खेलमा पाकिस्तानलाई नाटकीय ढङ्गले दुई विकेटले हराएको छ। यस नतिजासँगै पाँच खेलको शृङ्खला घरेलु टिम श्रीलङ्काले ३-१ ले जितेको छ। एक खेल वषर्ाले रद्द भएको थियो।

श्रीलङ्कालाई अन्तिम ओभरमा १५ रन बनाउन आवश्यक थियो। पाकिस्तानका तेजबलर मोहम्मद सामीले फालेको सो ओभरमा म्याथ्युजले एक छक्का र एक चौका प्रहार गरेपछि श्रीलङ्काले दुई बल बाँकीछँदै लक्ष्य प्राप्त गर्‍यो। श्रीलङ्काका लागि दिनेश चन्डिमलले पनि ५४ रनको उपयोगी पालि खेले।

यसअघि तेजबलर सोहेल तनवीरले तीन र लेग स्पिनर साहिद अपि|mदीले दुई विकेट लिएपछि लक्ष्य पछ्याउने क्रममा श्रीलङ्काले १३८ रनमा नै छ विकेट गुमाएको थियो। त्यसपछि म्याथ्युजलाई जीवन मेन्डिस -१९ रन) र नुवान कुलशेखरा -अविजित १० रन)ले उचित साथ दिए।

पहिलो खेलदेखि ब्याटिङ गर्ने मौका पाएको थिइन तर म तयार थिएँ, आज रङ्गशालामा खचाखच भरिएका घरेलु समर्थकका अगाडि विजयी पालि खेल्न सकेकोमा म निकै खुसी छु 'म्यान अफ द म्याच' पनि घोषित भएका म्याथ्युजले भने।

अपि|mदीले क्रिजमा जमिसकेका कुमार सङ्गकारा -४० रन) र कप्तान माहेला जयवर्धनेलाई लगातार बलमा आउट गरेपछि श्रीलङ्का पराजयको नजिक पुगेको थियो। सङ्गकाराले आफू २५ रनमा छँदा पाएको जीवनदानको भरपुर उपयोग गर्न सकेनन्। यसअघि तनवीरले पहिलो स्पेलमा नै प्रारम्भिक ब्याट्सम्यानद्वय तिलकरत्ने डिल्सन र उपुल थारङ्गालाई सस्तोमै पवेलियन फर्काएका थिए।

यो अविस्मरणीय खेल हो, पूरा शृङ्खला शानदार रहृयो, ब्याटिङ राम्रो हुँदा जित हासिल गर्न सक्यौँ -कप्तान जयवर्धनेको प्रतिक्रिया थियो।

पाकिस्तानको पालिमा प्रारम्भिक ब्याट्सम्यान इमरान फरहतले ५६ र उमर अक्मलले अविजित ५५ रन बनाए। फरहत चार महिनापछि पहिलोपटक एकदिवसीय खेलमा सहभागी भएका हुन्। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home