अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
राखेपका पूर्व सदस्यसचिव शाहको स्वास्थ्य गम्भीर
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार ५ गते। राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव शरदचन्द्र शाहको अवस्था निकै गम्भीर रहेको उहाँको परिवारिक स्रोतले जनाएको छ। सिङ्गापुरमा उपचार गराइरहनु भएका शाहलाई भेन्टिलेटरमा राखेर उपचार गराइरहेको बताइएको छ।

मङ्गलबार विभिन्न टेलिभिजन च्यानलहरूले शाहको निधन भएको फ्ल्यास न्युज प्रसारण गरेका थिए। नेपालको खेलकुदको विकासमा उहाँको महìवपूर्ण योगदान रहे पनि राजनीतिमा पर्दा पछाडिको खेलाडी रहेको आरोप उहाँमाथि रहने गरेको र कहीलेकाहीँ कतिपय गतिविधिका कारण उहाँको छवि विवादास्पद रहने गरेको थियो।

शाह निकटस्थ रहनु भएका विष्णुगोपाल श्रेष्ठले उहाँको स्वास्थ अवस्थाबारे आफूले परिवारका सदस्यसँग सिङ्गापुरमा सम्पर्क गरेको बताउँदै अवस्था गम्भीर रहेको तर चिकित्सकले मृत घोषणा गरी नसकेको जानकारी गोरखापत्रलाई दिनु भयो। उहाँको बाँच्ने आशा करिब करिब समाप्त भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो। उहाँको आन्द्रा र कलेजोमा समस्या आएको र पछि मिर्गौलामा समस्या भएको बताइएको छ।

सन् १९४८ मा जन्मनु भएका ६४ वषर्ीय शाह सन् १९७७ देखि १९८८ सम्म राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रहनु भएको थियो। उहाँ वि.सं २०३४ सालमा नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत रहनुभएकोे थियो।

खेलकुदको मात्र नभएर पञ्चायतकालमा राजनीतिका खेलाडीसमेत मानिने शाह उच्चस्तरीय सूचना प्रविधि आयोगको उपाध्यक्ष पनि रहनु भएको थियो। बेलायतको म्यानचेस्टर युनिभर्सिटी र त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका शाहको कार्यकाल खेलकुदको स्वणिर्म समय रहेको खेलकुदका जानकारहरू बताउँछन्।

१०औँ र ११औँ एसियन खेलकुदको छनोट कमिटीमा समेत रहनु भएका शाह एसियाली ओलम्पिक कमिटीका द्वितीय उपाध्यक्षसमेत रहनु भएको थियो। शाहका दुई छोरी र एक छोरा हुनुहुन्छ।

राष्ट्रिय खेलकुद परिषद्का प्रवक्ता कुलबहादुर थापाले शाहको कार्यकाल नेपाली खेलकुदको लागि स्वणिर्म युग भएको बताउनुभयो। थापाले उहाँले खेलकुदमा पुर्‍याउनुभएको योगदान अतुलनीय रहेको पनि जनाउनुभयो।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home