अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
'युरो-२०१६ मा रोमाञ्च हुँदैन'
 

वार्सा, असार ५ गते। यूईएफएका अध्यक्ष मिचेल प्लाटिनीले युरो-२०१६ को समूह चरण यसपालि जस्तो नाटकीय नहुने धारणा राखेका छन्। आगामी युरोमा २४ टिमले सहभागिता जनाउनेछन्।

युरो-२०१२ मा १६ टिम छन्। चालू प्रतियोगितामा प्रत्येक टिमलाई चार समूहमा विभाजन गरी शीर्ष दुई स्थानमा रहने टिम क्वाटरफाइनलमा पुग्ने नियम छ। जुन फुटबलमा सबभन्दा रम्रो संरचना मानिन्छ तर प|mान्समा हुने युरो कपमा २४ टिम हुने भएपछि एक समूहमा छ टिमसम्म रहने सम्भावना छ। यसैगरी फाइनल चरणमा तुलनात्मक रूपमा कमजोर टिमले प्रवेश पाउने पनि पक्का छ।

युरोपेली च्याम्पियनसिपमा आक्कलझुक्कल मात्र छनोट हुने स्कटल्यान्ड र आयरल्यान्डले टिमको सङ्ख्या बढाउन गरेको माग यूईएफएले पूरा गरेको हो तर प्लाटिनी भन्छन्- १६ टिमको राउन्डरोविन र नकआउट चरणभन्दा २४ टिमको प्रतियोगिता कम रोमाञ्चक हुनेछ।

प्रशिक्षक विलिचको जिम्मेवारी समाप्त

युरोपेली च्याम्पियनसिपबाट क्रोएसिया बाहिरिएपछि प्रशिक्षक स्लेभन विलिचको जिम्मेवारी पनि समाप्त भएको छ। इटालीसँग सोमबार राति १-० ले हारेपछि क्रोएसिया उपाधि दौडबाट बाहिरिएको थियो।

लोकोमोटिभ मस्कोमा आबद्ध हुन विलिचले पहिले नै युरो-२०१२ को यात्रापछि आफू पदमा कायम नरहने बताएका थिए। सन् १९९८ मा क्रोएसियालाई पहिलो सहभागितामै विश्वकपको सेमिफाइनलमा पुर्‍याउन खेलाडीका रूपमा मद्दत गर्ने ४३ वषर्ीय विलिचले पहिलो चरणबाटै बिदा हुने कल्पना पनि नगरेको जानकारी दिएका छन्। चालू प्रतियोगितामा पाओलो बेन्टोपछि उनी सबभन्दा कम उमेरका प्रशिक्षक हुन्।

तलब नदिएकोमा विरोध

युरोपेली च्याम्पियनसिपअन्तर्गत स्पेन र क्रोएसियाबीचको खेलअघि दर्जनौँ कामदारले रङ्गशाला जाने बाटो अवरुद्ध गरेका छन्।

रङ्गशाला निर्माण सकिसक्दा पनि पूरा पारिश्रमिक नपाएको भन्दै प्रदर्शनकारीले बाटो घेराउ गरेका थिए। बाटो अवरुद्ध गर्न ट्रक र अन्य निर्माण सामग्रीको प्रयोग गरिएको थियो। प्रदर्शनकारीले विरोधका क्रममा 'चोर हाम्रो कामको पारिश्रमिक देऊ' भन्दै नारा लगाए।

उनीहरूलाई काममा लगाउने हाइड्रोबुडोवा पोल्स्का एसएले हालै कम्पनी टाट पल्टन लागेको भन्दै यसको सुरक्षाका लागि आवेदन दिएको छ।

क्रोएसिया फेरि बदनाम

युरो-२०१२ मा क्रोएसियाले भलादमी टिमको छाप छाड्न सकेन। आयरल्यान्डविरुद्धको खेलमा दर्शकले हुलदङ्गा गरेपछि जरिवाना बेहोरिसकेको क्रोएसियाले इटालीविरुद्धको खेलमा रङ्गभेदी व्यवहारको आरोप पनि खेपिसकेको छ। सोमबार राति स्पेनसँग हारेपछि क्रोएसिया पुनः नराम्रो कारणले समाचारमा छायो।

स्पेनसँग १-० ले हारेर प्रतियोगिताबाट पाखा लागेपछि क्रोएसियाका समर्थकले रङ्गशालामा आगो बालेर उत्पात मच्चाए। क्रोएसियाली दर्शकदीर्घाबाट मैदानमा लगातार आगोेको मुस्लोले प्रहार गरेपछि रङ्गशालाभरि धूवैँधूवाँ भएको थियो। एजेन्सी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home