अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
अस्थिरताको भुमरीमा पाकिस्तान
 

प्राचीन मानव संस्कृति र सभ्यताको महìव राख्ने पाकिस्तान राजनीतिक रूपले अस्थिर हुँदै आएको छ। भारतसँगै स्वतन्त्रता पाएको पाकिस्तानमा राजनीतिक अस्थिरता हुनुको पछाडि त्यहाँको सेनाले खेल्दै आएको राजनीतिक हस्तक्षेपकारी भूमिकाको महìवकाक्षा हो भन्ने गरिन्छ। हुन पनि स्वतन्त्रतापछि पटकपटक गरी झण्डै ३३ वर्ष सैनिकले प्रत्यक्ष्य वा परोक्ष शासन लिएको कारण यस्तो विश्लेषण गर्नेहरूलाई दह्रो तर्क मिल्ने गरेको छ। राजनीतिक अस्थिरताको कारण मुलुकको विकासलाई कति हदसम्म प्रभाव पार्दछ भन्ने कुराको उदाहरण नेपाल, भारत र पाकिस्तानलाई हेर्दा पुग्दछ। पाकिस्तानको उच्च्ा अदालतले अदालतको मानहानी गरेको भन्दै मङ्गलबार त्यहाँका प्रधानमन्त्री रजा युसुफ गिलानीलाई प्रधानमन्त्री हुन अयोग्य घोषित गरेको र प्रधानमन्त्री गिलानीले भने यस्तो आदेश संसद्ले मात्र दिनसक्ने भनेपछि त्यहाँ थप राजनीतिक विवाद देखिने भएको छ। अदालतले त्यहाँका राष्ट्रपति असिफ अली जर्दारीको भ्रष्टाचारसम्बन्धी मुद्दामा स्विजरल्याण्डमा विचाराधीन मुद्दाका सन्दर्भमा पत्राचार गर्न प्र्रधानमन्त्रीलाई आदेश दिएको तर प्रधानमन्त्रीले राष्ट्रप्रमुखका सम्बन्धमा यसरी पत्राचार गर्न नहुने भन्दै अदालतको आदेश अस्वीकार गरेपछि अदालतले यो हदसम्मको सजाय प्रधानमन्त्रीलाईर् सुनाएको छ। प्रधानमन्त्रीको संसद् सदस्यता खारेज गर्दै आगामी पाँच वर्षसम्म्ा कुनै पनि निर्वाचनमा भाग लिन नपाउने हदसम्म्ाको कारबाही प्रकरणपछि त्यहाँ नागरिक सरकार र न्यायपालिकाबीचको विवाद थप चुलिएको छ। पाकिस्तानमा सेना मात्र होइन यदाकदा अदालत पनि राजनीतिक विवादमा तानिने गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले मत प्रकट गर्दै आएका छन्।

पाकिस्तान नेपालको छिमेकी र सार्क सदस्य मुलुक कतिपय सन्दर्भमा नेपाल र पाकिस्तानका साझा राजनीतिक र सामाजिक विशेषता पाइन्छ। पछिल्ल्ाा दशकमा नेपाल पनि राजनीतिक विवादमा फस्दै आएको छ। हाल नेपालमा विधायकी निकायको अनुपस्थिति र स्थानीय निकायको निर्वाचन हुन नसकेकाले प्रजातन्त्रलाई संस्थागत गर्न सकिएको छैन। प्रजातन्त्रको संस्थागत विकास नभएसम्म देशको राजनीतिले स्थायित्व प्राप्त गर्दैन। जुन कारण पाकिस्तानमा राजनीतिक अस्थिरता देखिएको छ त्यसका केही लक्षणहरू विगत केही वर्षदेखि हामीकाहाँ पनि देखिएका छन्। खासगरी राजनीतिक दलहरूबीचको विवाद र राष्ट्रिय सहमतिको अभावमा यी दुई देशले साझा अनुभव बटुल्दै आएका छन्। नेपालमा राजनीतिक प्रकृतिका मुद्दाका सन्दर्भमा सर्बोच्च अदालतले दिएको तटस्थ तथा अहस्तक्षेपकारी निर्णय र नेपाली सेनाको मर्यादित, सन्तुलित तथा गैरराजनीतिक क्रियाकलापले हामीले पाकिस्तानको भोगाइ अनभव गर्नु परेको छैन। यो नेपाली राजनीतिको सुखद् अनुभव हो। यसैगरी, भारतमा प्रजातन्त्रको विकल्प कहिल्यै कहीबाट खोजिएन। त्यसलाई निरन्तरको अभ्यासबाट परिमार्जन गरियो, वेलायतमा पनि यस्तै भएको हो तर नेपाल र पाकिस्तानमा प्रजातन्त्रका विरुद्ध पटकपटक अन्य विकल्पको प्रयोग गरिएकाले यहाँ प्रजातन्त्र संस्थागत हुन नसकेकोले यस्ता समस्या आएका हुन्। प्रजातन्त्रमा परिमार्जन आवश्यक छ तर यसको विकल्प खोज्न सकिदैन। यही कुरा पाकिस्तानमा स्वीकार नगरिएकाले राजनीतिक विवाद समाधान गर्न विभिन्न तरिका अपनाइयो जबकि राजनीतिक विवाद समाधान गर्ने उत्तम विकल्प प्रजातन्त्र नै हो। भारत र पाकिस्तानबाट नेपाली राजनीतिमा धेरै शिक्षा लिन सकिन्छ। सधँैको राजनीतिक विवाद र त्यसको आडमा मौलाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आतङ्कवादले पाकिस्तानको आर्थिक विकास अपेक्षितरूपमा हुन सकेको छैन। जबकि भारतमा व्यापक गरिबी हुँदाहुँदै पनि राजनीतिक स्थिरता कै कारण आज ऊ दुई अङ्कले आर्थिक वृद्धि गर्ने देश भएको छ। राजनीति नै सबै नीतिहरूको मूलनीति भएकाले स्थिर राजनीतिको अभावमा कुनै पनि क्षेत्रको विकास सम्भव नहुने यी घटनाले पुष्टि गदर्छन्। हालै प्रकाशित फरेन पोलिसी नामक पत्रिकाले पाकिस्तान असफल राष्ट्रहरूको १३ औं स्थानमा रहेको उल्लेख गरेको छ। सन् २००९ मा १०औं, २०१० मा ११ औं र २०११ मा १२ औं स्थानमा रहेको पाकिस्तान यो वर्ष असफलताको एक सिंढी उक्लिएको छ। यद्यपि एउटा पत्रिकाको अनुसन्धान र निष्कर्षलाई अन्तिम सत्य मान्न नसकिने भए पनि सोमालिया, सुडान, चाड र जिम्बाबेजस्ता मुलुकहरू असफलताको क्रमश ः पहिलो स्थानदेखि गणनामा पर्नु र सार्कको अर्को मुलुक अफगानिस्तान छैठौं स्थानमा पर्नुले यस्तो वर्गीकरणमा सत्यता नै छैन भन्न पनि सकिदैन। राजनीतिक अस्थिरता, विकास र आतङ्कवादको पाकिस्तानी अनुभवलाई ठण्डा दिमागले सोचेर नेपाली राजनीतिका आगामी सम्भावित जटिलता परास्त गर्न तत्कालै सहमतीय राजनीतिलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home