अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
भारत-इजरायल खुला व्यापार सम्झौताको तयारी
एजेन्सी
 

कोलकाता, असार ६ गते। भारत र इजरायलबीच खुला व्यापार सम्झौताको तयारी भइरहेको छ। त्यस्तो सम्झौता यसै वर्ष अर्थात् सन् २०१२ को अन्त्यसम्ममा हुने बताइएको छ।

अन्तर्राष्ट्रिय व्यापारलाई उच्च प्राथमिकतामा राख्दै विश्वका विभिन्न मुलुकहरूसँग खुला व्यापार सम्झौता गर्ने कार्यलाई तीव्रता दिने क्रममा भारतले इजरायलसँग व्यापार अभिवृद्धिका लागि सम्झौता गर्न लागेको हो।

दुई देशबीच हुने खुला व्यापार सम्झौतापछि एसियाको उदीयमान अर्थतन्त्र भारत र इजरायलबीचको द्विपक्षीय व्यापार वाषिर्क १५ अर्ब अमेरिकी डलरसम्म पुग्ने

बताइएको छ।

इजरायल सरकारका राजदूत एलोन उस्पीजका अनुसार सन् १९९२ मा भारत र आफ्नो मुलुकबीचको व्यापार १८ करोड अमेरिकी डलरको हाराहारीमा मात्र रहँदै आएको भए पनि दुई देशबीचको राजनीतिक सम्बन्धमा आएको सुधारले व्यापारमा पनि सकारात्मक प्रभाव पर्न थालेको र त्यसको परिणामस्वरूप सन् २०११ सम्ममा आइपुग्दा पाँच अर्ब अमेरिकी डलर पुगेको छ।

कृषि र उच्च प्रविधिको क्षेत्रमा निकै उन्नति गरेको इजरायल भारतमा पानीसम्बन्धी उच्च प्रविधि र कृषिमा प्रयोग हुने उच्च प्रविधिको क्षेत्रमा लगानी गर्न उत्सुकता देखाएको छ भने भारतले सूचना र प्रविधिलगायत आफ्ना दक्ष जनशक्तिलाई इजरायलमा अवसरको खोजी गर्दैछ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home