ललितपुर, असार ६ गते। उद्योग वाणिज्य सङ्घ ललितपुर र पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घबीच एक सम्झौता सम्पन्न भएको छ।
सहमतिमा सङ्घका अध्यक्ष अजरमान जोशी र रावलपिन्डी उद्योगका अध्यक्ष जावेद अख्तर भट्टीले हस्ताक्षर गर्नुभयो।
सहमतिपत्रमा दुई देशबीच आपसी उद्योग, व्यवसाय कला संस्कृतिको प्रवर्द्धन गरी पर्यटक उद्योगलाई बढावा दिने, यहाँको हस्तकला सीप ज्ञान अभिवृद्धि गर्न सहकार्य गरेर अघि बढ्ने उल्लेख छ।
त्यसैगरी सहमतिपत्रमा दुबै देशको उद्यमशीलता, सामान निकासी र पैठारीमा सहयोग गर्ने पनि उल्लेख गरिएको छ।
त्यस अवसरमा रावलपिन्डी उद्योग सङ्घका अध्यक्ष भट्टीले सहमति दुई उद्योग सङ्घबीच मात्र नभई दुई देशबीचको सम्बन्ध थप सुमधर र सुदृढ बनाई आर्थिक समृद्धितर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले दुई देशका उद्यमी व्यवसायीहरू दुई मुलुकमा आवतजावत गरी आर्थिक विकासका सम्भावनाबारे पनि अध्ययन गर्नुपनर्ेेमा जोड दिनुभयो।
सङ्घका अध्यक्ष जोशीले ललितपुरको हस्तकला, कला संस्कृतिको प्रर्वद्धन गरी आर्थिक विकास गर्न ललितपुर महोत्सव गर्न लागिएको बताउँदै त्यसमा पाकिस्तानका उद्यमी व्यवसायीहरूको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।
सङ्घका प्रथम उपाध्यक्ष रवीन्द्रराज ताम्रकार, महासचिव कृष्णलाल महर्जन सङ्घका पदाधिकारी सविन श्रेष्ठलगायतले सो सहमतिले नेपाली उद्यमी व्यवसायीहरूलाई व्यापार व्यवसाय प्रवर्द्धनमा नयाँ प्रेरणा र उत्साह दिएकोमा केन्दि्रत गर्दै आ-आˆनो धारणा राख्नुभयो।