अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
फ्रान्स हारेर पनि क्वाटरफाइनलमा,इङ्ल्यान्ड समूह विजेता
एपी
 

वार्सा , असार ६ गते। इङ्ल्यान्ड र फ्रान्स अन्तिम चरणमा प्रभाव जमाउन नसके पनि मङ्गलवार राति समूह डीबाट क्वाटरफाइनल पुगेका छन्।

इङ्ल्यान्डका स्ट्राइकर वायने रुनीले दुई खेलमा प्रतिबन्धपछि खेलमा फर्किने क्रममा गोल गरेपछि इङ्ल्यान्डले सहआयोजक युक्रेनलाई १-० ले हरायो। खेलको ४८ औँ मिनेटमा रुनीले डीबक्स नजिकबाट हेडबाट निकै सजिलो गोल गरेका हुन्। यस नतिजापछि युक्रेन प्रतियोगिताबाट बाहिरियो। युक्रेनलाई अगाडि बढ्न जित आवश्यक थियो।

इङ्ल्यान्डविरुद्ध मन जित्ने प्रदर्शन गरे पनि युक्रेनले खेल भने जित्न सकेन। अझ खेलको ६२ औँ मिनेटमा मार्को डेभिचले प्रहार गरेको बलले गोलरेखा ननाघेको भन्दै रेप|mीले गोल नदिएपछि युक्रेनको पीडा झन् चर्को भएको छ। टेलिभिजन रिप्लेमा सो बलले गोलरेखा नाघेको स्पष्ट देखिन्थ्यो। इङ्ल्यान्डकै प्रशिक्षक रोय हड्सनले पनि बलले गोलरेखा पार गरेको अनुभव आफूलाई भएको प्रतिक्रिया दिएका छन्। सन् २०१० को विश्वकपमा प|mान्क लाम्पार्डलाई यस्तै स्थितिमा रेप|mीले गोल नदिँदा जर्मनीसँग क्वाटरफाइनलमा हार बेहोरी इङ्ल्यान्ड घर फर्केको थियो। युक्रेनले बेहेारेको एक मात्र गोल पनि डिफेन्सको गल्तीमा भएको थियो। करिब एक महिनापछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दै गरेका रुनी मैदानमा साधारण देखिएका थिए तर कप्तान स्टेफन जेरार्डको क्रसलाई दुई युक्रेनी खेलाडीसहित गोलरक्षकले पनि ठम्याउन नसक्दा गोलपोस्ट नजिक बिनानिगरानीमा रहेका

रुनीले बल गोलपोस्टमा छिराए।

अर्को खेलमा स्विडेनसँग २-० ले हारेर पनि फ्रान्स उपविजेताको रूपमा अन्तिम आठमा पुग्यो। सुरुका दुई खेल गुमाएकोले स्विडेन ठूलो जित हात पारेर पनि अगाडि बढ्न सकेन। स्विडेनका लागि खेलको ५४ औँ मिनेटमा ज्लाटन इब्राहिमोभिचले सनसनीपूर्ण गोल गरेका थिए। सेवेस्टियन लार्सनले इन्जुरी समयमा गोल थपे। स्विडेनसँग हारपछि फ्रान्सको अपराजित यात्रा २३ खेलपछि सकिएको छ। खेलअघि नकआउट चरणमा पुग्न फ्रान्सलाई बराबरी आवश्यक थियो तर फ्रान्स आज स्विडेनविरुद्ध निरीह बन्यो। यद्यपि इङ्ल्यान्डले युक्रेनलाई हराएपछि प|mान्सको भाग्य चम्कियो। फ्रान्सले शनिवार गत विजेता स्पेन र इङ्ल्यान्डले आइतवार इटालविरुद्ध खेल्ने समीकरण बनेको छ। अन्य क्वाटरफाइनलमा पोर्चुगलले चेक गणतन्त्र र जर्मनीले गि्रसको सामना गर्नेछन्।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home