अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
इटालीको सामना गर्न इङ्ल्यान्ड तयार
 

क्राको -पोल्यान्ड), असार ९ गते। इङ्ल्यान्ड १६ वर्षपछि प्रमुख प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अपेक्षामा आइतबार युरो-२०१२ को क्वाटरफाइनलमा इटालीविरुद्ध खेल्दैछ।

पछिल्ला दस वर्षमा प्रमुख प्रतियोगिताको क्वाटरफाइनलबाट इङ्ल्यान्ड तीनपटक पाखा लागेको छ। यसपटक भने प्रशिक्षक रोय हजसन सेमिफाइनल पुग्नेमा धेरै आशावादी छन्। समूह 'डी'को समूह विजेता बनेपछि इङ्ल्यान्ड सशक्त इटालीको अगाडि पनि उच्च मनोबलमा देखिन्छ।

अहिले हामीले गरिरहेको प्रदर्शनलाई निरन्तरता दिएमा अगाडि बढ्नेमा म ढुक्क छु, अहिले तनाव हैन प्रतियोगितामा मज्जा लिइरहेका छौँ, यसैले इटालीविरुद्ध स्वाभाविक प्रदर्शन हुनेछ, प्रशिक्षक हजसन भन्छन्।

प्रशिक्षक हजसनको समस्या भनेको पाँच प्रमुख खेलाडी अनुशासनको दायरामा रहेका छन्। स्टेफन जेरार्ड, एस्ले कोल, एस्ले योङ, जेम्स मिल्नर र अलेक्स ओक्स्लेड चाम्बर्लिन इटालीविरुद्ध पहेँलो कार्डको दर्शन गर्ने स्थितिमा छैन। इटालीविरुद्ध पुनः कार्ड बेहोरेमा उनीहरूले सम्भवतः सेमिफाइनल खेल्न सक्ने छैनन्। इटालीलाई हराएमा इङ्ल्यान्डले अन्तिम चारमा जर्मनीविरुद्ध खेल्नेछ।

जेरार्ड अहिले र्फममा रहेका छन्। यसैले इङ्ल्यान्ड कुनै पनि हालतमा जेरार्डलाई गुमाउन सक्ने स्थितिमा छैन। चालु प्रतियोगितामा इङ्ल्यान्डले गरेका पाँच गोलमध्ये तीन गोल जेरार्डकै पासमा सम्भव भएको थियो।

इटालीका प्रशिक्षक सिजार प्रान्डेलीलाई पनि डिफेन्सको समस्याले सताएको छ। सेन्टर ब्याक जर्जियो चिलिनी घाइते छन्। उनलाई लियानोर्डो बोनुचीले स्थानापन्न गर्ने सम्भावना छ। इटालीका भेटरान मिडफिल्डर डेनियल डी रोसी इङ्ल्यान्ड अहिले इटालियाली शैलीमा खेल्ने भएकोले आफूलाई खेल्न सहज हुने धारणा राख्छन्। इङ्ल्यान्डको टिम फाबियो कापेलोको प्रभाव अहिलेसम्म कम भएको छैन, उनी भन्छन्। इटालियाली कापेलो इङ्ल्यान्डका पूर्वप्रशिक्षक हुन्। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home