धुन्चे, रसुवा, असार ९ गते। हिमाली भेगमा फुल्ने लालीगुराँस त्यसै ओइलाएर जाने गर्छ। त्यसको कुनै मूल्याङ्कन र महìव राखिँदैन। कतिपयले त गुराँसको फूललाई आˆनो गाईबस्तुलाईसमेत खुवाउने गर्छन्। त्यसभन्दा बढि लालीगुराँसलाई महìव दिएको पाइँदैन तर जिल्लाका एक उद्यमीले त्यही लालीगुराँसको जुस बनाएर बिक्री गरी वाषिर्क दुई लाख ५० हजारभन्दा बढि आम्दानी गर्ने गरेका छन्।
रसुवा जिल्लाको सदरमुकाम धुन्चे गाविस-५ का बाबुराम श्रेष्ठले लालीगुराँसको जुस बनाएर वाषिर्क २ लाख ५० हजारभन्दा बढि आम्दानी लिने गरेको बताउँछन्। उनले लालीगुराँसको जुस बनाउने लघु उद्यम आˆनै घरमा सञ्चालन गरी राम्रो आम्दानी लिन सफल भएका छन्। वनजङ्गलमा फूल फुलेर खेर गइरहेको लालीगुराँसबाट जुस बनाउने गरेका उद्यमी श्रेष्ठ जिल्लाका एक सफल उद्यमी बन्न सफल भएका छन्।
वनजङ्गलको पाखाभरी राताम्मे फूल टिप्नका लागि श्रेष्ठ दिनभर जङ्गलमा जाने गर्छन् र सङ्कलन गरिएको फूललाई आˆनै घरमा राखिएको घरेलु प्रविधिबाट राम्रो र लाभदायक जुस बनाउने गर्छन्। रसुवा जिला घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकका लागि त गुराँस आकर्षक मानिन्छ।
उनीहरू गुराँसको जुस भनेपछि हुरुक्क भई कोसेली र चिनोको रूपमा लैजाने गरेका उद्यमी श्रेष्ठ बताउँछन्। "उच्च पदस्थ कर्मचारी तथा कुनै नेता तथा व्यक्तिहरू आउँदा पनि यहाँको लालीगुराँसको जुुसलाई कोसेलीको रूपमा लैजाने गरेका छन्, जति उत्पादन गरे पनि सजिलैसँग बिक्ने गरेको छ, नबिक्ला भन्ने त कुनै चिन्ता नै छैन्", उद्यमी श्रेष्ठको भनाइ छ।
लालीगुराँसको फूल फुल्ने बित्तिकै उनले आˆनो आम्दानीको स्रोत नै लालीगुराँसको फूलबाट बन्ने जुसलाई बनाउने गरेका छन्। "गुराँस फुलेपछि त्यसै झरेर र ओइलिएर जाने हो, त्यसको सदुपयोग गरे एक त आम्दानी हुन्छ अर्काेतर्फ यसले विभिन्न किसिमको रोगसमेत निको हुन्छ, त्यसैले खेर जाने फूलको सदुपयोग गरी उद्यम सञ्चालन गरेको छु", उद्यमी श्रेष्ठ भन्छन्।
गुराँस पनि त्यसै कहाँ पाइन्छ र निकुन्ज क्षेत्रको गुराँसको फूल पनि सजिलैसँग लिन पाइँदैन, त्यसैले वन क्षेत्रको गुराँस जिल्लाको उत्तरी क्षेत्रका गाविसहरूबाट ल्याइने गरिएको उलने बताए।
बाबुराम आफू दिनभर गुराँस टिप्नका लागि जङ्गल चाहार्ने गर्छन् तर उनका छोरी, छोरा र श्रीमती दैनिकजसो घरमा गुराँस पेलेर जुस बनाउने गर्दछन्। उनले सिजनमा त स्थानीय १५ देखि १८ जना सम्मलाई रोजगारीसमेत दिने गरेका छन्।
गुराँसको जुसबाट धेरै थरीको रोगको निदान हुने भएका कारण धुन्चेमा आउने स्वदेशी तथा विदेशी पर्यटकले उनले बनाएको जुस मन पराएर खोजी खोजी लिएर जाने गरेका छन्। गुराँसलाई औषधिको रूपमा प्रयोग गरिने हुँदा गुराँसको जुसबाट जण्डिस, मोटोपन घटाउने, कलेजोको रोग, घाँटी दुखेको, अल्सर, मधुमेह, श्वासप्रश्वास, अम्लपित्त, रगत सफाइ लगायतको रोगको निदान हुने भएकाले पनि अहिले उनको गुराँसको जुसको माग बढेको छ।
उनले आफूले उत्पादन गरेको जुस छिमेकी जिल्ला नुवाकोट र राजधानी काठमाडौँसम्म पुर्याइएको छ। उनले जुस उत्पादनका लागि हिमालय प|mुटी प्युरिफिकेसन उद्योग खोलेर विभिन्न खालको जुससमेत उत्पादन गर्दै आइरहेका छन्।
उनले हाल आˆनो घरेलु उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि आˆनौ दैनिक घरखर्च र छोराछोरीको अध्ययनसमेत राम्रैसँग गर्न सकेका छन्। यहि गुराँसको जुसबाट भएको आम्दानीले छोराछोरीले समेत उच्च शिक्षा हासिल गरिरहेको जानकारी उद्यमी श्रेष्ठले दिएका छन्।
लालीगुराँसको जुस राम्रो र फाइदा जनक भएपछि हाल त्यसको माग बढ्न थालेको छ तर आफूसँग आधुनिक मेसिन ल्याब नभएकाले गर्दा भने जति मात्रामा उत्पादन गर्न नसकेको उद्यमी श्रेष्ठ बताउँछन्। हिमाली जिल्ला रसुवाको उच्च भेगमा प'mुल्ने ३२ प्रकारका लालीगुराँसमध्ये अर्गानिक अर्गाेरियन जातको लालीगुराँसबाट लाभदायक जुस बनाउने गरिएको उनको भनाइ छ।