काठमाडौँ, असार १० गते। नेपाल कम्युनिष्ट पार्टी-माओवादीले स्थायी समिति सदस्यहरूको कार्यभार हेरफेर गरेको छ। नवगठित पार्टीले पूर्व स्थायी समिति सदस्य तथा अन्य पदाधिकारीको जिम्मेवारी आइतबार हेरफेर गरेको हो।
राष्ट्रिय भेलाद्वारा पारित विधान एवं प्रतिवेदन संशोधन गर्ने, साङ्गठनिक कामको टुङ्गो लगाउने र नेताहरूको कार्यविभाजन गर्ने, कार्ययोजना र केन्द्रीय समितिलाई विस्तार गर्ने विषयमा
शनिबारदेखि जारी पोलिटब्युरो बैठकले आइतबार सो निर्णय गरेको हो। साथै, केही नेतालाई नयाँ जिम्मेवारीसमेत दिएको छ।
स्रोतका अनुसार अध्यक्षमा मोहन वैद्य 'किरण', उपाध्यक्षमा सीपी गजुरेल, महासचिवमा रामबहादुर थापा, सचिवमा देव गुरुङ र सहसचिवमा नेत्रविक्रम चन्दलाई नियुक्त गरेको छ।
यसअघि भेलामा पारित भए अनुसार सचिवमा गौरव र स्थायी समिति सदस्यहरुमा गुरुङ र चन्दलाई यथावत राखिएको थियो।
केन्द्रीय समिति करिब एक सय ५०जना जतिको हुने भएकाले फागुन १ गते हुने महाधिवेसनको लागि हाल रहेको ४५ सदस्यीय केन्द्रीय समितिलाईनै मूल आयोजक समिति बनाउने टुङ्गो लगाउँदै विस्तार नगर्ने निर्णय गरिएको स्रोतले जानकारी दिएको छ।यसैबीच, आइतबार यहाँस्थित कुपण्डोलमा बस्ने भनिएको वैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको केन्दि्रय सदस्य दिलिपकुमार प्रजापतिलेे जानकारी दिुनभयो ।
उहाँका अनुसार सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ।