अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
'निकासका लागि गोलमेच सम्मेलन'
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १० गते। राष्ट्रपति डा. रामवरण यादव र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यबीच आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ।

भेटमा माओवादी अध्यक्ष वैद्यले वर्तमान राजनीतिक समस्याको समाधान सहमतिको सरकार भएकाले यसमा तत्काल पहल थाल्न राष्ट्रपतिसँग आग्रह गर्नुभएको थियो। राष्ट्रपतिसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष वैद्यले आन्दोलनरत पार्टीहरूलाई पनि समेट्न राष्ट्रपति

डा. यादवसँग आग्रह गरेको जानकारी दिनुभयो। आन्दोलनरत पार्टीहरूलाई समेट्न सके देशले निकास पाउने भएकाले तत्काल राजनीतिक निकासका लागि राष्ट्रपतिलाई आग्रह गरेको उहाँको भनाइ थियो।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो।

वर्तमान सङ्कटको निकासका लागि गोलमेच सम्मेलन र अन्तरिम सरकार गठन गर्नुपर्ने माग राख्दै आएको माओवादीले राष्ट्रपति डा. यादवलाई पनि आन्दोलनरत दलहरूसहितको गोलमेच सम्मेलनले राजनीतिक निकास पाउनसक्ने सुझाव राष्ट्रपतिलाई दिएको थियो।

अध्यक्ष वैद्यले राजनीतिक निकास चार पार्टीबाट मात्र सम्भव नहुने भन्दै अन्य साना तथा आन्दोलनरत राजनीतिक दललाई पनि सहभागी गराएर गोलमेच सम्मेलन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। उहाँले राष्ट्रपतिसँग संविधानसभा पुनःस्थापना वा संविधानसभाको निर्वाचन असम्भव भएको सुझाव दिनुभएको थियो। जवाफमा राष्ट्रपति डा. यादवले राजनीतिक दलहरूबीच सहमतिका लागि आफूले प्रयास गरिरहेको बताउनुभएको थियो।

वैद्य नेतृत्वको नेकपा-माओवादीको केही दिन अगाडि सम्पन्न कार्यकर्ता भेलाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हटाएर 'अन्तरिम संयुक्त सरकार' गठन गर्नुपर्ने निर्णय गरेको थियो।

भेटमा महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेल, स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलगायतका नेताहरूको पनि सहभागिता थियो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home