अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
मलेसियाविरुद्ध नेपालको शानदार जित
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १० गते। एसीसी यू-१९ एसिया कपमा नेपालले आइतवार आयोजक मलेसियालाई १०७ रनले हराएर सेमिफाइनल खेल्ने सम्भावना कायम राखेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग नराम्ररी आठ विकेटले हारेको थियो।

एसीसीको वेभसाइटका अनुसार मलेसियाको रोयल सेलांगर क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालको ब्याटिङ घरेलु टिमविरुद्ध चम्कियो। नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २५७ रन बनाएको थियो। त्यसपछि राहुल विश्वकर्माले ३० रन खर्चेर पाँच विकेट लिँदा मलेसिया ४३औँ ओभरमा १४० रनमा सीमित भयो। राहुल म्यान अफ दि म्याच घोषित भए।

नेपालका लागि ब्याटिङमा सागर पुनले सर्वाधिक ७१ रन बनाए। उनले आप\mनो पालीमा तीन छक्का र चार चौका प्रहार गरे। सागरले सर्वाधिक रन बनाउनुबाहेक आठ ओभर बलिङ गरेर मात्र १५ रन खर्चेर एक विकेट पनि हात पारे। उनले एक क्याच पनि लिएका थिए। उनी म्यान अफ दि म्याचका दावेदार भए पनि आईसीसी रेप|mी बन्दुला वार्नपुराले राहुललाई सर्वश्रेष्ठ खेलाडी चुने।

प्रारम्भिक ब्याट्सम्यानद्वय सुवास खकुरेल र प्रदीप ऐरले पहिलो विकेटका लागि तेज गतिमा ७४ रनको साझेदारी निर्वाह गरेपछि नेपालको आधार बलियो बनेको थियो। प्रदीपले ५७ बलमा ३९ र सुवासले ३९ बलमा ३३ रन बनाए। कप्तान पृथु बास्कोटाले भने निराश पारे। उनी सामना गरेका तेस्रो बलमै फिक्री रोस्डीले क्याचआउट गरे। यद्यपि नेपालका लागि राजेश पुलामीले ३९ रनको उपयोगी पाली खेल्दा पृथुको असफलताले फरक पारेन। राजेशले रनआउट हुनुअघि ४५ बलको सामना गरी तीन चौका प्रहार गरे।

यसैगरी, हसिम अन्सारीले २१, भुवन कार्कीले २३ र सौरभ खनालले १३ रन जोडे। मलेसियाका शिवनाथ व[mष्णनले तीन तथा नर्जिल रेहमानले दुई विकेट लिए।

मलेसिया जवाफमा कुनै पनि समय खेल जित्ने स्थितिमा देखिएन। ब्याटिङमा असफल भए पनि कप्तान पृथुले मात्र छ रनमा मलेसियाका शीर्ष दुई ब्याट्सम्यानलाई आउट गरी टिमको जितमा महìवपूर्ण योगदान दिए। मलेसियाको मध्यक्रम राहुलले ध्वस्त पारे। मलेसियाका लागि मोहम्मद सहयादतले सर्वाधिक ३६ रन बनाए। नेपालका लागि तेज बलर अविनाश कर्णले पनि दुई विकेट लिए।

कप्तान पृथुले सागर र राजेशले राम्रो साझेदारी गरेपछि नेपालले चुनौतीपूर्ण योगफल बनाउन सकेको प्रतिक्रिया दिए। हाम्रो टिममा अलराउन्डर भएकोले फाइदा पुग्यो, मलेसियाका पिचमा २५७ रन ठूलो स्कोर हो-उनले भने।

दोस्रो खेलमा जित हात पारेपछि नेपाली प्रशिक्षक पुबुद दासनायक पनि खुसी देखिए। भारतविरुद्ध खेल्नुअघि मलेसियालाई हराएर मनोबल उच्च पारेको छ, पाकिस्तानविरुद्ध गरेका गल्ती खेलाडीहरूले दोहोर्‍याएनन्, यस नतिजाले भारतलाई पनि जित्न सक्ने आत्मविश्वास मिलेको छ- दासनायकेको भनाइ छ।

समूह ए अन्तर्गत नै आइतवार भएको अर्को खेलमा पाकिस्तानले भारतलाई एक रनले हराएको छ। यस नतिजासँगै पाकिस्तान अङ्क तालिकामा शीर्ष स्थानमा उक्लेको छ। भारत र नेपाल समान तीन अङ्कमा छन्। जसले गर्दा भारतलाई मङ्गलवार हराउन सकेमा नेपाल अन्तिम चारमा पुग्ने समीकरण बनेको छ।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home