अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
नयाँ उचाइँ कायम गर्दै पेन्टागन
 

स्थापनाको छोटो समयमै अलगै पहिचान बनाउन सफल कलेज हो पेन्टागन इन्टरनेसनल। वि.सं. २०६६ बाट सञ्चालनमा आएको सो कलेज हाल विद्यार्थीमाझ निकै लोकपि्रय भइसकेको छ। गुणस्तरीय शिक्षा, सस्तो मात्रै होइन अनुभवी शिक्षकबाट अध्यापन गरिने विशेषता सो कलेजको रहेको छ।

काठमाडौँको तीनकुनेमा रहेको सो कलेज हाल धेरै विद्यार्थीको आकर्षण बन्न सफल भएको छ। कलेजका सञ्चालक को छन् भनेर अभिभावक र विद्यार्थीले हेर्ने खोज्ने गर्दछन् र शैक्षिक पृष्ठभूमि भएका प्राज्ञिक व्यक्तिले सञ्चालन गरेका कलेजमा धेरै विद्यार्थी आकषिर्त हुने गर्दछ। अभिभावकको विश्वास पनि ती कलेजमा हुने गर्दछ। यस्तैमा कलेजको कोटीमा पर्दछ पेन्टागन कलेज।

कलेजका सबै सञ्चालक प्राज्ञिक पृष्ठभूमिका मात्र होइन सम्बन्धित विषयका ज्ञाता छन्। कलेजका निर्देशक जीतेन्द्रबहादुर चन्द कलेज २६ जना प्राज्ञिक पृष्ठभूमि भएका व्यक्तिले सञ्चालन गरेको बताउनुहुन्छ। कलेजको धेरैजसो सफलताको कारण पनि यही भएको उहाँको भनाइ छ। कलेजमा अधिकांश पूर्णकालीन शिक्षक छन्। पूर्णकालिन शिक्षक पनि ३० वर्षभन्दा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ।

कलेजका निर्देशक चन्द आफूहरूको पहिलो प्राथमिकता शिक्षा नै भएको बताउनुहुन्छ। अन्य क्षेत्रमा भन्दा आफूहरूले धेरै महìव शिक्षालाई नै दिएको उहाँको भनाइ छ। अनेक प्रलोभन देखाएर विद्यार्थी आकषिर्त गर्नुपर्छ भन्ने कुुरामा कलेजका सञ्चालकहरू सहमत छैनन्।

हाल दश जोड दुईतर्फ विज्ञान, व्यवस्थापन, मानविकीतर्फ विभिन्न विषयको पठनपाठन सो कलेजमा हुने गरेको छ। कलेजहरू मनपरी विद्यार्थी भर्ना गर्दछन् विद्यार्थीको भर्ना गर्ने सङ्ख्या पनि कति हो त्यसमा चासो राख्दैनन्। तर सो कलेजमा भने विद्यार्थी भर्ना सिट निश्चित गरिएको छ।

विज्ञानमा छ सय, व्यवस्थापनमा दुई सय र मानविकीमा चालीसजना भर्ना सिट यस वर्षका लागि निर्धारण गरिएको छ। आफूहरूले सबै विषयको पठनपाठनमा उत्तिकै महìव दिएको उहाँ बताउनुहुन्छ। कलेजको विगतको नतिजा पनि उत्कृष्ट छ। विगत तीन वर्षमा कलेजको उत्तीर्ण प्रतिशत झन्डै ९७ प्रतिशतको हाराहारीमा छ।

कलेजमा अभिभावकसँग सरसल्लाह गरेर मात्र भर्ना लिने गरिएको छ। कलेजको अवस्था, पठनपाठन, शुल्क संरचनालगायतका विषयमा अभिभावकलाई कलेजहरूले निकै कम जानकारी गराउँछन्। तर सो कलेजमा भने अभिभावकसँग पनि सरसल्लाह लिने गरिएको छ। कलेजमा हाल विद्यार्थीको आकर्षण उच्च रहेको उहाँ बताउनुहुन्छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home