अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
नासा कलेज चम्किलो नाम
 

विगत केही वर्षदेखि काठमाडौँमा सञ्चालित नासा इन्टरनेसनल कलेजले विद्यार्थीमाझ चम्किलो नाम बनाउन सफल भएको छ।

काठमाडौँको तीनकुनेमा अवस्थित सो कलेजमा हाल दश जोड दुई तहतर्फ विज्ञान, व्यवस्थापन र मानविकीमा विभिन्न विषयको पठनपाठन हुने गरेको छ। सो कलेजका प्राचार्य प्रा.डा. शेखर गुरूङका अनुसार कलेजमा यस वर्ष विभिन्न विषयका गरी आठ सय विद्यार्थी भर्ना गर्ने लक्ष्य लिइएको छ।

हाल काठमाडौँका साथै उपत्यका बाहिरका विद्यार्थीको आकर्षण सो कलेजमा रहेको छ। कलेजमा हाल भर्ना प्रक्रिया चलिरहेको जानकारी कलेजले दिएको छ। कस्तो कलेज हो त ? नासा कलेजका पि्रन्सिपल गुरूङ भन्नुहुन्छ, हामी सैद्धान्तिकका साथै व्यावहारिक ज्ञानमा बढी जोड दिन्छौँ। विद्यार्थीको उच्च शिक्षा सार्थक हुन सकोस्। यसले विद्यार्थी अभिभावक सबैको इच्छा पूरा हुने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ।

कलेजको विगतको नतिजा पनि उत्कृष्ट छ। यसपटक पनि अधिकांश विशिष्ट श्रेणी ल्याउन सफल विद्यार्थीहरू कलेजमा भर्ना हुन आएका छन्। कलेजका अनुसार ९० प्रतिशतभन्दा बढी अङ्क ल्याउने विद्यार्थी पनि धेरै छन्। ६५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी त कलेजमा निकै कम आउने गरेको उहाँ बताउनुहुन्छ।

कलेजमा शिक्षक पनि निकै अनुभवी छन्। सम्बन्धित विषयमा विशेष दक्ष व्यक्तिलाई मात्र शिक्षक राख्ने गरिएको छ। त्रिविका पाका प्राध्यापकहरूले सो कलेजमा अध्यापन गर्ने गरेका छन्। पछिल्लो समयमा कलेजमा कस्ता खालका शिक्षक छन् भन्ने कुरामा अभिभावक र विद्यार्थीले पनि निकै चासो राख्ने गरेका छन्। कलेजको छनोटको एउटा आधारका रूपमा समेत कलेजमा अध्यापन गर्ने शिक्षकहरूलाई लिने गरिएको छ।

कलेजका प्राचार्य गुरूङका अनुसार कलेजमा धेरैजसो फूल टाइम शिक्षक मात्र राख्ने गरिएको छ। कलेजमा पूरै समय दिने, अन्यत्र शिक्षकले खासै मन नडुलाउने र फूल टाइम शिक्षक हुँदा विद्यार्थीले धेरै सिक्न पाउने भएकाले पनि आफूहरूले पूर्णकालीन शिक्षक राख्ने गरेको उहाँ बताउनुहुन्छ। तर केही पार्ट टाइम शिक्षक पनि राख्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ।

भविष्यमा उच्च शिक्षाका विभिन्न आयाम थप गर्ने योजना कलेजले बनाएको छ। हाल कलेजमा बीबीएस तहको पठनपाठन हुन्छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home