काठमाडौँं, असार १४ गते । मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि उत्पादनमूलक क्षेत्रमा लगानी क्रमशः बढ्दै गएको पाइएको छ ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई आˆनो लगानीको कुल २० प्रतिशत रकम उत्पादनमूलक क्षेत्रमा लगाउन कडा निर्देशन दिएपछि त्यस्तो क्षेत्रमा लगानी बढेको हो।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता भाष्करमणि ज्ञवालीका अनुसार केन्द्रीय बैङ्कले केही समयअघि बैङ्क तथा वित्तीय संस्थाहरूलाई त्यस्तो निर्देशन दिएपछि ऊर्जा उत्पादनको क्षेत्रमा एक अर्ब ५० करोड रुपियाँ लगानी भएको छ ।
नेपाल राष्ट्र बैङ्कले वि.सं. २०७१ सम्ममा मुलुकका सबै बैङ्क तथा वित्तीय संस्थाहरूलाई २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बाध्यात्मक निर्देशन निर्देशन दिएको छ ।
त्यसैगरी उक्त बैङ्कले ती संस्थालाई कृषि क्षेत्रमा पनि कुल लगानीको पाँच प्रतिशत रकम लगाउन निर्देशन
दिएको छ ।
यसैबीच आज यहाँ आयोजित कार्यक्रममा प्रवक्ता ज्ञवालीले देशको अर्थतन्त्र सन्तोषजनक रहेको दाबी गर्दै गत वर्षको तुलनामा विप्रेषण, शोधनान्तर बचत, वैदेशिक मुद्रा सञ्चिति बढेको बताउनुभयो ।
त्यसैगरी राष्ट्र बैङ्कबाट सेवा निवृत्त हुनुभएका केशव आचार्यले लघुउद्यम विकास गरी लाखौँको सङ्ख्यामा विदेशिने श्रमशक्तिलाई आˆनै मुलुकमा व्यस्त बनाउने ठोस योजनाका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।