अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
आर्थिक मुद्दालाई सम्बोधन गर्न अलग्गै संयन्त्र निर्माण गर्न माग
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १४ गते। उद्योगी व्यवासयीहरूले निजी क्षेत्रले उठान गरेका आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्न छुट्टै अधिकार सम्पन्न संयन्त्र निर्माणको माग गरेको। महासङ्घका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष यस्तो माग गरेका हुन्।

उद्योगी व्यवसायीहरूले नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई पनि बिहीबार नै भेटेर निजी क्षेत्रका समस्या राखेका छन्। उद्योगी व्यवसायीहरूले मुलुकका प्रमुख आर्थिक मुद्दाहरूमा निजी क्षेत्रसहित सबै सरोकार निकायहरूसँग बसेर त्यसउपर छलफल गरी टुङ्गोमा पुर्‍याउन सक्ने संयन्त्रको आवश्यकता रहेको बताएका थिए।

त्यस अवसरमा प्रधानमन्त्री डा. भट्टराईले मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने आफ्नो लक्ष्य रहेकाले सबै राजनीतिक दलहरूको सहमतिमा निर्धारित समयमै बजेट ल्याउने तयारी सरकारले गरिरहेको बताउनुभयो। अर्थतन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु पर्नेमा आप\mनो पनि जोड रहेको स्पष्ट पार्दै यसका लागि आवश्यक वातावरण बनाउने कार्यमा आफ्नो पूर्ण सहयोग रहने प्रधानमन्त्री डा. भट्टराईले बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले बताउनुभयो।

त्यस्ैत प्रधानमन्त्री डा. भट्टराईले राष्ट्रिय सहमति निर्माणका लागि निजी क्षेत्रको तर्फबाट महासङ्घले गरेको प्रयासको सराहनासमेत गर्नुभएको थियो। मुलुकको आर्थिक विकासका लागि महासङ्घले तय गरेका प्राथमिकता प्राप्त क्षेत्रहरूका विषयमा अध्ययन गरी त्यसलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोग हुने र महासङ्घले उठान गरेको आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्नर् छुट्टै संयन्त्र गठन गर्ने विषयलाई चाँडै अन्तिम रूप दिने विश्वास दिलाउनु भयो।

त्यस अवसरमा अध्यक्ष वैद्यले मुलुकलाई थेग्ने भनेकै उद्योग व्यवसाय क्षेत्र भएकाले जस्तोसुकै राजनीतिक अस्थिरताका बीच पनि अर्थतन्त्रलाई निर्वाध रूपमा अगाडि बढ्ने वातावरण बनाइ दिन आग्रह गर्नुभएको थियो। आर्थिक स्थायित्व नभएसम्म राजनीतिक स्थायित्व नहुने स्पष्ट पार्नुहुँदै उहाँले अहिलेको जटिल स्थितिमा जति सक्दो छिटो राजनीतिक सहमति कायम गरी मुलुकलाई निकास दिन पनि आग्रह गर्नु भएको थियो ।

महासङ्घका अध्यक्ष वैद्यको नेतृत्वमा गएको उक्त प्रतिनिधि मण्डलमा महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार, उपाध्यक्षहरू प्रदीपजङ्ग पाण्डे तथा पशुपति मुरारका र कार्यकारिणी समितिका सदस्यहरू, उद्यमी व्यवसायीहरू रहनु भएको थियो।

बिहीबार नै महासङ्घका अध्यक्ष वैद्यको नेतृत्वमा महासङ्घका पदाधिकारीहरूसहितको प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई भेटी बजेट निर्माणमा राजनीतिक सहमति गरी अगाडि बढ्न र निजी क्षेत्रले अघि सारेको आर्थिक मुद्दाहरूमा न्यूनतम साझा आर्थिक सहमतिका लागि आग्रह गरेको छ ।

 

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home