अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
ओलम्पिकपछि एनओसी विवादको समाधान
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १४ गते। राष्ट्रिय खेलकुद परिषद् -राखेप)का सदस्यसचिव युवराज लामाले लन्डन ओलम्पिकपछि नेपाल ओलम्पिक कमिटी

-एनओसी)को विवाद समाधान हुने जानकारी दिएका छन्।

नेपालमा अहिले दुई ओलम्पिक कमिटी सक्रिय छन्। राखेपले लन्डन ओलम्पिकपछि ठोस निर्णय लिनेछ -सदस्यसचिव लामाले भने तर उनले कस्तो किसिमको निर्णय लिने हुन् त्यो भने खुलाउन चाहेनन्।

लन्डन ओलम्पिक-२०१२ मा नेपालको सहभागिता सम्भावना र चुनौती विषयक बिहीबार आयोजित अन्तक्रिर्या कार्यक्रममा लामाले खेलाडी भनेका राष्ट्रको गौरव भएकाले खेलमा असर पर्ने र खेलाडीको मनोबल गिर्ने काम कतैबाट हुन नहुने धारणा राख्नुभयो।

सो अन्तक्रिर्या कार्यक्रममा विवादित दुवै पक्षका प्रतिनिधिको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीको प्रतिनिधित्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीको प्रतिनिधित्व उपाध्यक्ष किशोरबहादुर सिंहले गरेका थिए।

लामो समयदेखि ओलम्पिक कमिटीको विवाद चर्किरहँदा राखेपले दुवै पक्षका प्रतिनिधिको सहभागिता गराएर खेलाडीको मनोबल बढाउने उद्देश्यले सो अन्तक्रिर्या कार्यक्रम आयोजना गरेको थियो। सदस्यसचिव लामाले खेलाडीको मनोबल उच्च राख्न र राष्ट्रिय स्वाधीनताका लागि लन्डन ओलम्पिकमा सहभागिता महìवपूर्ण रहको बताए। लन्डन ओलम्पिकका तिलकराम थारू, प्रमिला रिजाल -एथलेटिक्स) प्रसिद्धजङ शाह, श्रेया धिताल -पौडी) र सुटिङ खेलाडी स्नेहा राणाले नेपालको

प्रतिनिधित्व गर्नेछन्।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका उपाध्यक्ष श्रेष्ठले आफूहरूले खेल र खेलाडीको उन्नतिका लागि काम गरिरहेको बताए। 'राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन बाझिएको विषयमा राज्य गम्भीर हुन जरुरी छ

-उनको भनाइ थियो।

यसैगरी किशोरबहादुर सिंहले राखेप र एनओसीबीच समन्वयको अभावले विवाद बल्भिmनेगरेको धारणा राखे। कानुनभन्दा माथि कोही हुँदैन, कानुनको पालना सबैले गर्नुपर्छ, यसबाट ओलम्पिक कमिटीमात्र कसरी अछुतो हुनसक्छ -राखेपका पूर्व सदस्यसचिव सिंहले भने। सो कार्यक्रममा राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिनाले कानुनलाई कसैले पनि आफ्नो अनुकूल व्याख्या गर्न नहुने भनाइ राखे।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home