डोनेस्क -युक्रेन), असार १४ गते। विश्व तथा युरोपेली च्याम्पियन स्पेनलाई युरो-२०१२ को सेमिफाइनलमा १२० मिनेटसम्म टक्कर दिएपश्चात् टाइब्रेकरमा हारे पनि पोर्चुगलले पोल्यान्ड र युक्रेनमा आप\mनो छवि उच्च पार्न सफल भएको छ।
सेच फाबि्रगासले पेनाल्टी सुटआउटमा निणर्ायक गोल गरेपछि पोर्चुगललाई हराई स्पेन फाइनलमा पुग्यो तर जित-हारको अन्तर निकै मसिनो थियो। खेलको अन्तिम मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले नजिकबाट बल गोलपोस्टमाथि प्रहार नगरेको भए अथवा बु्रनो एल्भ्सले प्रहार गरेको चौथो पेनाल्टी बारमा लागेर नफर्केको भए स्थिति फरक हुनसक्थ्यो।
प्रतियोगिताअघि पोर्चुगलले सेमिफाइनल खेल्छ भन्ने अपेक्षा गरिएको थिएन। पोल्यान्ड र मेसेडोनियासँगको अभ्यास खेलमा गोलरहित बराबरीमा रोकिएको पोर्चुगललाई अन्तिम मैत्री खेलमा टर्कीलाई ३-१ ले नराम्ररी हराएको थियो। यसरी र्फमबाहिर रहेको पोर्चुगलले जर्मनी, नेदरल्यान्ड र डेनमार्कजस्ता टिम सहभागी 'ग्रुप अफ डेथ' समूह पार गर्ला भन्ने विश्वास कमैलाई मात्र थियो। त्यसैले युरो-२०१२ मा सेमिफाइनलको यात्रालाई पोर्चुगलले ठूलो उपलब्धिका रूपमा लिएको छ।
पोर्चुगललाई प्रमुख प्रतियोगितामा सेमिफाइनलको भूतले तर्साउने क्रम बुधबार राति पनि जारी रहृयो। छ पटक प्रमुख प्रतियोगिताको सेमिफाइनलमा पुगे पनि पोर्चुगलले एकपटक मात्र अन्तिम चार पार गरेको छ। सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा पोर्चुगलले फाइनल खेलेको थियो। यद्यपि गि्रससँग हारेपछि पोर्चुगलको प्रमुख प्रतियोगिता जित्ने सपना भने अधुरै बनेको थियो। जुन अहिलेसम्म पूरा भएको छैन तर युरो-२०१२ मा गरेको प्रदर्शनले पोर्चुगलको फुटबल सही बाटो छ भन्दा फरक पर्दैन। समूह चरणमा पोर्चुगल जर्मनीसँग पहिलो खेलमा १-० ले पराजित भएको थियो। सो खेलमा दुई प्रहार गोलपोस्टमा लागेर नफर्केको भए पोर्चुगलले हारबाट सुरुवात गर्नुपर्ने थिएन। यद्यपि पोर्चुगलले दोस्रो खेलमा डेनमार्कलाई ३-२ ले हराएर अगाडि बढ्ने सम्भावना कायम राख्यो।
त्यसपछि विश्वका सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डो छाउन सफल भए। २७ वषर्ीय रोनाल्डोले प्रतियोगिताकै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरी हल्यान्डविरुद्ध दुई गोल ठोकी पोर्चुगललाई नकआउट चरणमा पुर्याए। उनी क्वाटरफाइनलमा चेक गणतन्त्रविरुद्ध पनि रोकिएनन्। उनकै निणर्ायक गोलले पोर्चुगल अन्तिम चारमा पुग्यो। हल्यान्ड र चेकविरुद्धको खेलमा रोनाल्डोलाई कुल चारपटक गोलपोस्टले गोलबाट वञ्चित पारेको थियो।
मलाई लाग्छ, पोर्चुगलका समर्थक निराश हुनुपर्ने स्थिति छैन, आप\mनो फुटबल टिममाथि उनीहरूले गर्व गर्न सक्छन् -पोर्चुगलका सेन्टर ब्याक पेपेले भनेका छन्।
हालको टिमको औसत उमेर २६.९ वर्ष मात्र भएको हुँदा पोर्चुगल आगामी विश्वकपमा पोर्चुगल अझ सशक्त रूपमा प्रस्तुत हुने छनक देखिएको छ। सो समय रोनाल्डो २९, नानी २७ र पेपे ३१ वर्षका हुनेछन्। जुन उमेर खेलाडी जीवनमा राम्रो समय मानिन्छ।
विश्वका सर्वाधिक लोकपि्रय नम्बर सातको जर्सी लगाउने रोनाल्डोले पनि अब आगामी विश्वकपलाई अविस्मरणीय बनाउने लक्ष्य लिएका छन्।